डा. केसीको समर्थनमा सरकारी चिकित्सक आन्दोलित

मा प्रकाशित


काठमाडौँ, २४ साउन । चिकित्सा शिक्षामा रहेका विस‌ंगति विकृति अन्त्यको माग गर्दै ११ औँ पटक आमरण अनशन बसिरहेका प्रा.डा. गोविन्द केसीको समर्थनमा सरकारी चिकित्सक संघ (गोडान) आन्दोलित भएको छ ।

लामो समय बितिसक्दा पनि सरकारले उनका माग प्रति बेवास्ता गरेकोमा संघले घोर निन्दा गर्दै अधिराज्यभरका सरकारी स्वास्थ्य संस्थामा दबाबमूलक विरोधका कार्यक्रम गर्ने जनाएको छ ।

अनशनरत डा केसीको जीवनरक्षाका लागि ठोस कदम नचालिए सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न बाध्य भइने पनि गोडानले जनाएको छ ।

विरोधका कार्यक्रम अनुसार भोलि २५ साउनबाट देशभरका सरकारी चिकित्सकहरु हातमा कालोपट्टी बाँधेर काममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: