Facebook Twitter Google+ Google+
DHO

डडेल्धुराको एक विद्यालयमा विद्यार्थीद्धारा तालाबन्दी 
बढाएको शुल्कको ६० प्रतिशत घटाउनु पर्ने माग

thumbAdvertise Here

डडेल्धुरा, २९ साउन ।

डडेल्धुराको परशुराम नगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यामिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । यहि साउन २५ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले शुल्कमा वृदि गरेपछि विद्यार्थीले आईतबार बिहान तालाबन्दी गरेका हुन् ।

कक्षा ११ र १२ मा बढाएको वार्षिक शुल्क घटाउन माग गर्दा विद्यालयले आफूहरुको माग सम्बोधन नगरेपछि तालाबन्दी गरेको विज्ञान संकायमा अध्ययनरत विद्यार्थी डम्बर भाटले बताएका छन् ।

विद्यालयले कक्षा ११ मा अध्ययन गर्ने शिक्षा र व्यपस्थापन संकायका विद्यार्थीबाट लिदै आएको ९ हजार ७ सय ७५ रुपँैयालाई बढाएर १६ हजार पुगाएको छ । यस्तै कक्षा ११ कै विज्ञान संकायका विद्यार्थीबाट लिदैँ आएको वार्षिक शुल्क २० हजार ५ सय २५ रुपैँयालाई बढाई २८ हजार लिने गरेको विद्यालयका शिक्षक प्रमानन्द पन्तलाई उद्धृत गर्दै पत्रकार हर्क चन्दले जनाकारी दिएका छन् ।

यस्तै विद्यालयले कक्षा १२ मा अध्ययन गर्ने शिक्षा र व्यपस्थापन संकायका विद्यार्थीबाट लिदै आएको ६ हजार १ सय ५० रुपैँयालाई बढाई १० हजार र विज्ञान संकायका विद्यार्थीबाट लिने गरेको १४ हजार ७ सय रुपौयाँलाई बढाएर २१ हजार रुपँैया लिने गरेको बताइएको छ ।

उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय साँउदले विद्यालयको आर्थिक स्रोत न्युन भएकाले शुल्क वृद्धि गरेको बताएका छन् । विद्यार्थीहरुले भने बढाएको शुल्कको ६० प्रतिशत घटाउनु पर्ने माग गरेका छन् । ताला बन्दीले कक्षा ११ र १२ का विद्यार्थीहरुको पढाई प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • विदेशमा अध्ययनरत विद्यार्थीद्वारा कम्प्युटर सहयोग
  • किर्ते गरेकोको आरोप लागेका प्रधानाध्यापक निर्दोष ठहर
  • नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो
  • अवस्थीलाई विद्याभूषण पदक
  • कक्षा १२ को परीक्षाफल प्रकाशित
  • कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब सम्पन्न
  • डडेल्धुराको एक विद्यालयमा विद्यार्थीद्धारा तालाबन्दी 
  • डा. केसीका माग लत्याउँदै संसद अघि बढ्दै