Facebook Twitter Google+ Google+
DHO

टमाटरको अभाव, व्यापारीको मनपरी भाउ, उपभोक्ता मारमा

thumbAdvertise Here

धु्रब बिष्ट,
डडेल्धुरा, 19 साउन ।

डडेल्धुरामा उत्पादित टमाटर बाह्य जिल्लामा निर्यात हुन थालेपछि जिल्ला सदरमुकाममै टमाटरको अभाव देखिन थालेको छ । केही समय यता देखि लगातार रुपमा यस क्षेत्रमा उत्पादित टमाटर तराईका जिल्लाहरु तर्फ निर्यात हुन थालेपछि बजारमा टमाटरको मुल्य आकासिएको हो ।

महङ्गोमा खरिद गरेको बताउदै ब्यापारीहरुले मनपरि रुपमा तरकारीको मुल्य बढाएर बिक्रि गर्न थाले पछि उपभोक्ताहरु निकै मारमा परेका छन । बाह्य जिल्लामा निर्यात गरेपछि ठूलो रकम हातपार्दा यस क्षेत्रका कृषकहरुले डडेल्धुरा जिल्ला बाहिर बिक्रि गर्न थालेका हुन ।

टमाटरको पकेट क्षेत्र बगरकोट, कारीगाँउ, पोखरा लगायतका अन्य ठाँउहरुबाट दैनिक रुपमा सङ्कलन गरेर दर्जनौ तरकारीगाडी तराईका जिल्ला कैलाली कञ्चनपुर पठाउने गरेका छन । दैनिक रुपमा गाँउबाट आउने तरकारी बजारमै पुग्न नदिई बिच बाटोबाटै मुल्य बढाएर टमाटर बिक्रि गरेपछी यस क्षेत्रका उपभोक्ता मारमा परेका हुन ।

कतिपय ब्यापारीहरुले नै टमाटर नपाएर व्यापारमा समस्या आएको गुनासो समेत गरेका छन । जिल्ला सदरमुकाममा अहिले टमाटरको मुल्य प्रति केजी ८० देखि सय रुपैँया सम्म छ ।

तरकारीको मुल्य दैनिक रुपमा आकासिदै गए पछि ग्राहकले ठुलो मार खेप्न परेको स्थानीय मनोज भट्टले बताएका छन । गाँउमा उत्पादित टमाटर बजार नपुगि बिच बाटोबाटै अन्य जिल्ला पठाउने गरेका कारण जिल्लामा तरकारीको दैनिक अभाव समेत हुन थालेको छ । महङ्गो मुल्यमै खरिद गर्ने गरेपनि बजारमा टमाटरको अभाव हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ४ हजार मेगावाटका ४१ आयोजना खारेज हुने
  • टमाटरको अभाव, व्यापारीको मनपरी भाउ, उपभोक्ता मारमा
  • डडेल्धुराको भागेश्वरमा बदेल आतंक
  • वर्षा सुरु भएसँगै बैतडीका विभिन्न ठाउँमा जेठमै रोपाइँ
  • असिनाले कृषि क्षेत्रमा साढे दुई करोडको क्षति, खाद्यान्न संकट हुनसक्ने
  • माटोमा छापो किन ?
  • बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान
  • बैतडीमा गहुँ भित्र्याउने चटारो