Facebook Twitter Google+ Google+
DHO

गौरा पर्व नेपालीको विशिष्ट पहिचान : प्रधानमन्त्री देउवा

Advertise Here

काठमाडौँ, १२ भदौ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौराका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना दिँदै यो पर्व नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले सन्देश दिने क्रममा भनेका छन्- ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरूको अनुपम संगमस्थल हो । भाषा, संस्कृति, वेशभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरू हुन् । यसै सन्दर्भमा परापूर्वकालदेखि मनाइँदै आइएको गौरा पर्व नेपालीको विशिष्ट पहिचानसमेत हो ।’

सन्देश व्यक्त गर्ने क्रममा उनले यस पर्वको महत्वलाई आत्मसात् गर्दै नेपाल सरकारले राष्ट्रिय पर्वका रूपमा लिई सार्वजनिक विदाको व्यवस्था गरेको पनि स्मरण गराएका छन् ।

गौरा पर्वका अवसरमा सबैमा सुख, शान्ति र समृद्विको कामना गर्दै उनले गौरा पर्वले नेपालीबीच सामाजिक सद्भाव र भ्रातृत्वपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?