Facebook Twitter Google+ Google+
DHO

उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दूरीका तीन क्षेप्यास्त्र

Advertise Here

काठमाडौँ, भदौ १० । 
शनिबार बिहानै उत्तर कोरियाले छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ । चिनियाँ टेलिभिजन ‘सीजीटीएन’ले दिएका खबरअनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६:४९ मा आधा घण्टाभित्र उत्तर कोरियाले छोटो दूरीका तीन क्षेयास्त्र परीक्षण गरेको हो ।

उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो दक्षिण कोरियाली अधिकारीले बताएका छन् । अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर ‘डेभ बेन्हाम’ले परीक्षण गरिएका मध्ये पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएको र दोस्रो क्षेप्यास्त्र मात्रै विस्फोट भएको दावी गरेका छन् ।

अमेरिकी र दक्षिण कोरियाली सेनाले केही दिनदेखि गरिरहेको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूलाई उक्साउन गरिएको गतिविधिको संज्ञा दिई विरोध जनाइरहेको छ । अमेरिकाको सैन्य अधार क्षेत्र ‘गुआम’मा आक्रमण गर्ने चेतावनी दिदै आएको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाली सेनाको गतिविधिको निगरानी गरिरहेको जनाएको छ । अमेरिकी सेनाले उत्तर कोरियाले हाल परीक्षण गरेको क्षेप्यास्त्रले गुआमका लागि खतरा नरहेको बताएको छ ।
– एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश
  • पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु
  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु
  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’