Facebook Twitter Google+ Google+
DHO

भारतका नयाँ राष्ट्रपतिमा रामनाथ कोविंद निर्वाचित

Advertise Here

बिहीबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टिका उम्मेदवार रामनाथ कोविंद भारतका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविंदले विपक्षी कंग्रेस र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएका छन् ।

कोविंद र कुमार दुवै दलित समुदायका हुन् । कोविंद दलित समुदायबाट भारतको राष्ट्रपति पदमा निर्वाचित हुने दोस्रा व्यक्ति हुन् ।

को हुन् कोविंद?

रामनाथ कोविंद बिहारका राज्यपाल थिए। शुरुमा राष्ट्रपति उम्मेद्वारको दौडमा उनको नाम उतिसारो चर्चामा थिएन्। भारतीय जनता पार्टीको उत्तर प्रदेशका दलित नेता उनी दुई पटक राज्यसभाका सदस्य भएका थिए।

उनीसँग दिल्ली हाइकोर्ट-सुप्रीम कोर्टमा १६ वर्ष कानून व्यवसायीको रुपमा अभ्यास गरेको अनुभव छ। उत्तर प्रदेशबाट सन् १९९४ मा राज्यसभामा प्रवेश गरेका कोविंद १२ वर्षसम्म सांसद रहे। त्यसक्रममा उनले आदिवासी, पेट्रोलियम र प्राकृतिक ग्यास, सामाजिक न्याय, कानून न्याय व्यवस्था र राज्यसभा हाउस कमिटी लगायतका विभिन्न संसदीय समितिमा सदस्य र अध्यक्षको रुपमा काम गरेका थिए।

कोविंद गभर्नर्स अफ इंडियन इन्स्टिट्युट अफ म्यानेजमेण्टको पनि सदस्य थिए। सन् २००२ मा उनले संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गरेका थिए। उनले अन्य कयौं देशको भ्रमण गरेका छन्।

उनले विद्यार्थी कालमा समेत संविधानमा सूचिकृत जाति, जनजाति र महिलाको हकहितको पक्षमा सक्रिय भूमिका निर्वाह गरेको पाइन्छ। १२ वर्ष सांसद हुँदा उनले शिक्षासँग जोडिएका कयौं मुद्दाहरु उठाएका थिए।

कानून व्यवसायमा हुँदा उनले गरीब र दलितको पक्षमा निशुल्क कानूनी लडाईं लडेको पनि बताइन्छ। सन् १९७४ मा सविता कोविंदसँग वैवाहिक सम्बन्धमा गाँसिएका उनका एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश
  • पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु
  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु
  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’