Facebook Twitter Google+ Google+
DHO

प्रधानमन्त्रीले भने– स्वदेशमै राम्रो उपचार सेवा दिनु

sherbahadur-deubaAdvertise Here

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमै स्तरीय स्वास्थ्य सेवा दिनु भन्दै देशभरका अस्पतालहरूलाई आग्रह गरेका छन् । उनले सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने भन्दै सर्वसुलभ एवं सहज ढंगले देशका सबै बासिन्दालाई उपचार सेवा उपलब्ध गराउन आग्रह गरेका हुन् ।

बिहीबार राजधानीमा नेपालकै जेठो वीर अस्पतालको १२८औँ वार्षिकोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरू भारतलगायत तेस्रो मुलुकमा जाने परिपाटी अन्त्य गरी स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए । नेपालकै पुरानो अग्रणी स्वास्थ्य संस्थाका रूपमा रहेको वीर अस्पतालले सोअनुरूपको सेवा र सुविधा प्रदान गर्न अहम् भूमिका खेल्नुपर्ने धारणा प्रधानमन्त्री देउवाले व्यक्त गरे ।

‘स्थापनाकालदेखि वीरले बिरामीको स्वास्थ्य उपचारमा दिएको योगदान प्रशंसायोग्य छ, चिकित्सकीय जनशक्ति उत्पादन गरी देशका कुनाकाप्चामा उपचार सेवा दिएको छ,’ प्रम देउवाले भने, ‘सबैलाई स्वदेशकै उपचार राम्रो हुन्छ भन्ने विश्वास बढाउन यस अस्पतालले भूमिका खेल्नेछ भन्ने आशा लिएको छु ।’ उनले सरकारले अस्पताललाई विशेषज्ञ केन्द्रका रूपमा विकास गरी अझ विश्वासिलो बनाउन पर्याप्त बजेटसहित अन्य आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले देशभरका जनताको विश्वासिलो अस्पताल भएकाले संविधानमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न वीर अस्पतालले भूमिका खेल्नुपर्ने बताए । वर्तमान चुनौतीलाई सामना गर्दै भोलिका लागि काम गर्नुपर्ने बताउँदै उनले भने, ‘भूकम्पपछि पुनर्निमार्णलाई अघि बढाउँदै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवाको गुणस्तरीय वृद्धिका लागि चाहिने अत्याधुनिक उपकरण र विशेषज्ञ सेवा विस्तार गर्ने काम प्राथमिकतामा छ ।’

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीरमा भन्दा राम्रो जनशक्ति अन्य अस्पतालमा नभएकाले यहाँको उपचार उत्कृष्ट हुनुपर्ने जिकिर गरे । अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेतले ऐतिहासिक अस्पतालका रूपमा रहेको वीर अस्पतालले गरिब असहाय, निमुखा, मध्यम एवं अति विशिष्ट व्यक्तित्वलाई गुणस्तरीय र विशेषज्ञ सेवा दिँदै आएको बताए । उनले पहिले कर्मचारी आवास र नर्सिङ क्याम्पस रहेको भवन भत्काई सो १७ रोपनी जग्गामा अत्याधुनिक नयाँ साततले सर्जिकल भवन बनाउने कार्य अगाडि बढाइएको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित