नेपाल बिद्युत प्राधिकरणका कर्मचारीको चरम लापरवाही, ग्राहक अन्दाजको भरमा रकम बुझाउन बाध्य

मा प्रकाशित


ध्रुब बिष्ट,
डडेल्धुरा, १६ साउन ।

नेपाल बिद्युत प्राधिकरण बितरण शाखा डडेल्धुराका कर्मचारीको चरम लार्पवाहीका कारण स्थानिय बासिन्दा समस्यामा परेका छन् । गाँउघरमा मिटर रिडरले रिडिङ गर्न नजादा आफुहरुलाई समस्या भएको अजयमेरुबासीहरुको गुनासो छ । मिटर रिडरहरुको लार्पवाहीका कारण आफुहरुले बढी रकम तिर्नु परेको ग्राहकहरुको गुनासो छ ।

बिद्युत जडान गरेको ३ बर्ष बितिसक्दा समेत मिटर रिडर गाँउमा नआएका कारण अन्दाजको भरमा रकम तिर्नु परेको स्थानीय मनोज भट्टलाई उद्धृत गर्दै पत्रकार मदन राज भट्टले जानकारी दिए । २०७२ सालमा जडान गरिएको बिद्युतको मिटर रिडर गर्न गाँउघरमा नपुगिकनै गरिने भएपछि आफुहरुले अन्दाजका भरमा बढी रकम तिर्नु परेको भट्टको गुनासो छ ।

अजयमेरु गाँउपालिका–३ मगराउका स्थानीय देव दत्त भट्टका अनुसार जेठ महिना देखि गाँउमा रिडर नआएको मिटर रिडर गर्ने कर्मचारी समेत आफुहरुलाई थाहा नभएको जनाइएको छ । यसरी लामो समय देखि हचुवाका भरमा रकम बुझाउनु परेको भन्दै स्थानीय डम्बर बहादुर चन्द लगायतले सोमबार बिद्युत प्राधिकरण डडेल्धुरामा निबेदन पेश गरेका छन ।

यस बिषयमा जिल्ला स्थित बिद्युत कार्यालयमा समेत जानकारी गराउदा सो बारे अनभिज्ञ रहेको कार्यालयको अभिव्यक्ति छ । अजयमेरु–४ का बासिन्दाले ३ बर्ष देखि मिटर रिडरको अनुहार सम्म नदेखेको स्थानीय बासिन्दा गोबिन्द राज भट्टको गुनासो छ । बिद्युत कार्यालयको चरम लापरवाहीका कारण नगरपालिका लगायत जिल्लाका अन्य क्षेत्रमा समेत मिटर रिडिङ सम्बन्धि थुप्रै समस्या आएका छन ।

जसका कारण ग्राहकहरुले बिनाकारण बढी रकम तिर्नुपरेको छ । ग्राहकलाई यसरी झुक्याएर कार्यालयका कर्मचारीले बढी रकम लिन थालेपछि दोषीलाई कार्वाहीको समेत माग राखेका छन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: