Facebook Twitter Google+ Google+
DHO

नेपाल आइडलकी दावेदार सन्ध्या जोशी

20465022_1479937085400493_361877216_oAdvertise Here

दीपसागर पन्त/सीधारेखा

काठमाडौँ, ११ साउन । रियालिटी शो ‘नेपाल आइडल’ यतिखेर निकै चर्चामा छ । एपी वान टेलिभिजनमा प्रशारण भइरहेको यस शोले गायन क्षेत्रका थुप्रै प्रतिभाहरुलाई आफ्नो कला देखाउने अवसर प्रदान गरेको छ । विभिन्न चरणहरु पार गरेर प्रतियोगिताको उत्कर्षतिर आइपुग्न लागेको यस पटकको शोले ती प्रतिभाहरुलाई हौसला दिनुका साथै सङ्गीत पारखीहरुलाई मनोरञ्जन पनि दिइरहेको छ ।

‘नेपाल आइडल’का लागि सुरुमा देशका विभिन्न स्थानका २८००० जना प्रतिस्पर्धीबाट लिइएको अडिसनबाट १ सय ५० जना युवा-युवती छनोट भएका थिए । त्यसपछि छानिएर ६४ जना रहे भने थिएटर राउण्डमा १८ जना छानिएर अहिले जम्मा ९ जना प्रतिस्पर्धीहरु बाँकी रहेका छन् ।

छनोटका क्रममा केही उच्च सम्भावना बोकेका प्रतिभाहरु रहँदै आएका छन् । यिनै ९ जना मध्येकी गायनमा राम्रो सम्भावना बोकेकी प्रतिभा हुन्- सन्ध्या जोशी ।

सन्ध्या कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वार्ड नं ५ तारानगरमा जन्मिएकी हुन् । बाल्यकाल धनगढीमै बिताएकी उनी कलाप्रति चाहिँ सानैदेखि रुचि भएको र संगीतमा केही गरौँ भन्ने भावनाचाहिँ एसएलसीको अध्ययन पुरा गरेपछि आएको बताउँछिन् । अहिले उनी २३ वर्षकी भइन् ।

सीधारेखासँगको कुराकानीमा उनले सङ्गीत क्षेत्रमा लाग्ने प्रेरणा पहिले आमाबुवाबाट प्राप्त भएको र यसमा साथीभाइको पनि हौसला रहेको बताइन् । गायनको पहिलो अनुभव सुनाउँदै उनी भन्छिन्- ‘सर्वप्रथम कक्षा ७ मा पढ्दा स्टेजमा प्रर्फमेन्स गरेकी थिएँ । धनगढीकै एउटा स्थानीय प्रतियोगितामा जितेपछि गायन क्षेत्रमा लाग्ने हौसला बढ्यो । यस क्षेत्रमा २०६५ सालदेखि प्रवेश गरेकी हुँ, मैले केही गीतहरु पनि निकालेकी छु । साथै धनगढी, महेन्द्रनगर तथा काठमाडौँका केही ठाउँमा लाइभ सांगीतिक कार्यक्रमहरुको आयोजना पनि गरिसकेकी छु ।’

सबैखाले गीत गाउन रुचाउने सन्ध्याको आफैले कम्पोज गरेको गीत छिट्टै बाहिर ल्याउने तयारी रहेको छ । उनको पप गीतमा पनि उत्तिकै रुचि छ । शास्त्रीय सङ्गीत पनि मन पर्ने तर सिक्ने मौका नपाएको बताउँछिन् । अवसर मिलेमा यस्तो सङ्गीत सिक्ने पनि मनसाय राखेकी छन् ।

उनी भन्छिन्, ‘मेलै अध्ययनबाट बचेको समयमा थुप्रै लाइभ प्रोग्रामहरु गरेकी छु, पढाइ पनि सँगसँगै चलिरहेको हुनाले गायनमा त्यति धेरै समय दिन सकेकी थिइनँ तर अब ब्याचलर सकेपछि गायन क्षेत्रमा झनै समर्पित हुन्छु ।’

औपचारिक रुपमा सङ्गीतसम्बन्धी कुनै तालिम नलिए पनि उनी राजेश घिमिरे, अजर जंगम र कुलदीप आदिबाट सङ्गीतबारे धेरै कुरा सिकेको बताउँछिन् ।

sandya

घर परिवारबाट पनि सन्ध्यालाई गायन क्षत्रेमा लाग्न निकै हौसला मिलेको छ । भाइ सुरजसँग मिलेर उनी बेलाबेला गीत गाइरहेकी हुन्छिन् । उनका मामा अनुज पनि गायन क्षेत्रमा संलग्न छन् । उनले अल्बम पनि निकालेका छन् ।

घरमा मामा-भान्जी र भाइ भएमा गीतार बजाएर, गीत गाएर घरको माहोल नै संगीतमय बनाउने कुरा उनकी आमा शान्ति जोशी बताउँछिन् ।

उनको प्रमुख साङ्गीतिक सिर्जना “Waiting in the park” हो । २ वर्ष पहिले उनले आफैले कम्पोज गरेर आर एन्ड बि पपसँग गाएकी थिइन् । उनले थुप्रै कभर सङ गाएकी छन् । उनका सिर्जना युट्युबमा पनि हेर्न सकिन्छ ।

महाराजगञ्ज मेडिकल कलेजमा वि.पी.एच अन्तिम वर्षमा अध्ययनरत उनले विभिन्न सामाजिक संघसंस्थासँग आवद्ध भई सामाजिक क्षेत्रमा काम पनि गरिसकेकी छन् । उनी हाल युनाइटेड स्टेड एम्बेसी युथ काउन्सलिङ नेपालको सदस्य पनि छन् ।

भोटिङ कसरी गर्ने ? 
नेपाल आइडलको अबको शृङ्खला भोलि बिहीबार प्रस्तुत हुनेछ । यसको भोटिङ लाइन बिहीबार साँझ ८:४५ देखि शुक्रबार दिउँसो १२ बजेसम्म खुला रहन्छ । नेपाल आइडलका प्रतियोगीलाई भोट दिनका लागि मोबाइल फोनको म्यासेज बक्समा गएर ”14″ टाइप गरी ”35225” मा सेन्ड गर्नु पर्दछ । देशबाहिरबाट भोट दिनको लागि नेपाल आइडलको एप डाउनलोड गरी भोट दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी