डडेल्धुराको भागेश्वरमा बदेल आतंक

मा प्रकाशित


डडेल्धुरा, १५ साउन ।

जंगली बदेलले आतंक मच्चाउन थालेपछि डडेल्धुराका किसानहरु चिन्तित बनेका छन् । जिल्लाको भागेश्वर गाउँपालिका ४ मा जंगली बदेलले किसानले लगाएको मकैबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।

जंगली बदेल र बादरले भागेश्वर गाउँपालिका ४ डुङरीका किसनहरुले लगाएको मकैबालीका साथै तरकारी बालीमा नोक्सान गर्ने गरेको स्थानीय दिपकराज भट्टले जनाकारी दिएका छन् । दिउँसोको समयमा बदर र रातिको समयमा बदेलको बथानले मकैबाली खाने गरेको उनले बताएका छन् ।

तरकारी उत्पादनका हिसाबले प्रख्यात ठाउँका रुपमा लिईन्छ । डुङरीमा रहेका १२० घरपरिवारका मकैबाली र तरकारीबाली ठूलो क्षती गर्ने गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: