Facebook Twitter Google+ Google+
DHO

जनप्रतिनिधी निर्वाचित भएको एक महिना नबित्दै जनगुनासो

Advertise Here

ध्रुब बिष्ट,
डडेल्धुरा, १५ साउन ।

स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएको एक महिना नबित्दै जनगुनासो बढ्न थालेको छ । नवनिर्वाचित जनप्रतिनिधिको काम गराई र भनाईमा तालमेल नमिलेको भन्दै पछिल्लो समयमा आम नागरिकको जनगुनासो बढ्न लागेको हो ।

दुई दशक सम्म जनप्रतिनिधी बिहिन स्थानिय निकायमा बल्ल तल्ल निर्वाचन मार्फत जनप्रतिनिधी चुनिए संगै आम–नागरिकले हरेक काम कार्वाही स्थानीयका पक्षमा हुने आशा लिएका थिए । आफु र आफ्नो पार्टीले जिते मात्र समग्र विकास गर्न सक्ने बताउदै हरेक पार्टीका मोहित पार्ने नारा संगै चिल्ला भाषण पनि नागरिकले सुनेका थिए । विकास संगै सबैका समस्यामा साथ दिने दृढता व्यक्त गरेपनि निर्वाचित जनप्रतिनिधिले आफ्नो जीत संगै प्रतिवद्धता भुल्न थालेका हुन ।

निर्वाचित जनप्रतिनिधी मानिने राजनितीकर्मीहरुको पार्टी भित्र नै एक मत हुन नसक्दा डडेल्धुरामा नागरिक समाजलाई समेत बाहिर राखि विभिन्न क्रियाकलाप गरिन थालिएका छन् । यस कारण पनि निर्वाचित प्रतिनिधी नागरिक समाज एवं सञ्चार क्षेत्र बाट टाढा भाग्न खोजेको नागरिक समाजको आरोप छ ।

स्थानीय जनप्रतिनिधी निर्वाचन पश्चात जिल्ला समन्वय समितीले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा समेत नागरिक समाजलाई खबर नै नगरिएको स्थानीयबासिन्दाको गुनासो छ । नागरिक समाजको उपस्थितीमा गर्नु पर्ने कार्यमा नै नागरिक समाजलाई बाहिर राखिने गरेको पाइएको छ ।

नागरिकका सवालमा छलफल, अन्तरक्रिया, सार्वजनिक सुनुवाई कार्यक्रम गरिएमा नागरिक समाजको अनिवार्य उपस्थिीती रहनु पर्ने हुन्छ । तर स्थानीय जनप्रतिनिधीको समेत यस तर्फ ध्यान जान सकेको छैन । नागरिक समाजलाई नै बाहिर राखी गरिएका कुनै पनि क्रियाकलापमा नागरिकको भलाईका लागी भने विचार एवम् कुनै पनि प्रक्रिया अघि बढेको जस्तो नलागेको नेपाल बार एसोसियन डडेल्धुराका अध्यक्ष अधिवक्ता बिष्णु भट्टले बताएका छन् ।

भट्ट भन्छन–‘यि यस्ता क्रियाकलपाहरु भएको सुन्नमा आयो तर हामि लगायत नागरिक समाजलाई जानकारी गरिएन, यो बिडम्बना हो । नागरिकका सवालमा विभिन्न क्रियाकलाप गरिए नागरिक समाजलाई बोलाईनु पथ्र्यो, जनप्रतिनिधी चुनिए पछि त यसलाई झनै व्यवहारमा लागु गरी शसक्त बनाईनु पर्नेमा खबर नै गरिएको छैन ।’

अजयमेरु गाउपालिका–१ समैजीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम लगायतका अन्य कयौँ गतिबिधीमा पनि नागरिक समाजलाई जानकारी नभएको पत्रकार महासंघ डडेल्धुरा शाखा अध्यक्ष मानबहादुर साँउदले बताएका छन । यसरी कसरी नागरिकको भलाई हुन सक्छ । खै कुन्नी बोलाउन चाहदैनन या बिर्सिए ।’ –साँउद भन्छन । ‘महत्वपुर्ण अंग नागरिक समाज, सञ्चारलाई बाहिर राखी गरिने गतिबिधीहरुले कती सार्थकता पाउछ त्यो समुदाय माँझ छर्ललंग छ । तर यसो हुनु नपर्ने हो, भईराखेको छ ।’ पत्रकार महासंघलाई समेत जानकारी नगराई विभिन्न गतिबिधी सञ्चालन हुनु निकै दुःखद कुरा भएको भन्दै जनप्रतिनिधीले सच्चिनु पर्ने अध्यक्ष साँउदको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!