Facebook Twitter Google+ Google+
DHO

वर्षा सुरु भएसँगै बैतडीका विभिन्न ठाउँमा जेठमै रोपाइँ

thumbAdvertise Here

इन्द्रसरा खड्का,
बैतडी, ३० जेष्ठ ।

वर्षा सुरु भएसँगै बैतडी जिल्लाका विभिन्न ठाउमा रोपाइँ सुरु भएको छ । यो वर्ष जेठ महिनामै पानी पर्न थालेपछि असारको पहिलोसाता गरिने रोपाइ जेठ महिनामै गर्न लागेको स्थानीयले बताएका छन् ।

बैतडीको पाटनमा जेठ दोस्रो साता देखी सुरु गरीएको रोपाइ आधाजती सम्पन्न गरीसकेको पाटनका स्थानीय कपिल केसीले जानकारी दिनुभयो ।

पाटनमा सिचाइ सुबिधा भएको ठाउँमा रोपाइ सम्पन्न भइसकेको र बाकि ठाउँमा पनि बर्षासंगै रोपाइ गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

यस्तै मेलौलीमा पनि गत हप्ता देखी रोपाइ सुरु भएको त्यहाँबाट सुरत पार्किले जानकारी दिनुभयो । सुर्नया नदी किनारका क्षेत्र तथा सिचाइ उपलब्ध भएको ठाउँमा रोपाइ भइरहेको र बाकि ठाउँमा पनि किसानहरु रोपाइको तयारीमा लागीरहेका छन् ।

यस्तै सुर्नया गाँउपालीका, दोगडा केदार गाउँपालीका, पुचौडी नगरपालीका लगायतका ठाउहरुमा पनि रोपाइ भइरहेको जनाइएको छ । बिशेषगरी बैतडीमा सिचाइ सुबिधा नएकाले असारमा आकासे पानीको भरमा गरीने रोपाइ यो बर्ष जेठमै बर्षा भएकाले रोपाइ सुरु गरीएको किसानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ४ हजार मेगावाटका ४१ आयोजना खारेज हुने
  • टमाटरको अभाव, व्यापारीको मनपरी भाउ, उपभोक्ता मारमा
  • डडेल्धुराको भागेश्वरमा बदेल आतंक
  • वर्षा सुरु भएसँगै बैतडीका विभिन्न ठाउँमा जेठमै रोपाइँ
  • असिनाले कृषि क्षेत्रमा साढे दुई करोडको क्षति, खाद्यान्न संकट हुनसक्ने
  • माटोमा छापो किन ?
  • बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान
  • बैतडीमा गहुँ भित्र्याउने चटारो