Facebook Twitter Google+ Google+
DHO

डम्पिङ साईड निर्माण गर्ने प्रयास असफल

Advertise Here

बैतडी, ३१ जेठ ।

दुई दसक अघि दशरथचन्द नगरपालिका स्थापना भएदेखि नै सडक छेउमा फाल्ने गरिएको फोहोर अझै ब्यवस्थापन गर्न सकिएको छैन ।

बैतडी सदरमुकाम गोठालापानी नजिकै फाल्ने गरिएको फोहोर ब्यवस्थापनका लागि डम्पिङ साईड निर्माण गर्ने योजना सुरु देखि बन्दै आएपनि त्यसले हाल सम्म पूर्णता पाएको छैन् ।

केही दिन अघि प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले एक हप्ताभित्र अस्थाई रुपमा देहिमाण्डौं नजिकको क्षेत्रमा फोहोर ब्यवस्थापन गर्ने निर्देशन दिएपनि स्थानीयको अवरोधले गर्दा पुरा हुन सकेन् ।

गोठालानी बजार नजिकैमा फाल्ने गरिएको फोहोर सफा गरेर अवदेखि त्यँहा नफाल्ने भनिएपनि पुनः सोही ठाउँमा फोहोर फाल्न सुरु गरिएको छ ।

दशरथचन्द नगरपालिकाले डम्पिङ साइडको लागि जग्गा खोज्ने प्रयास दजैनौंचोटी गरिसकेको छ तर सधैजसो त्यस्तो प्रयास तुहिने गरिएको बैतडी सदरमुकामका स्थानीय बासिन्दा शेर सिंह भण्डारीले बताउनुभयो ।

दशरथचन्द नगरपालिकाका कार्यकारी प्रमुख अर्जुन शर्माले जग्गा अभावका कारण सडक छेउमै फोहोर फाल्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले तत्काल देहिमाण्डौं नजिकको क्षेत्रमा फोहोर ब्यवस्थापन गर्ने निर्णय भएपनि स्थानीयको अवरोधले उक्त प्रयास सफल हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!