Facebook Twitter Google+ Google+
DHO

एक कुखुराले एक दिनमै पार्‍यो ३६ वटा अण्डा

thumbAdvertise Here

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेको छ । भारतको जयपुरस्थित घाटगेटमा रइस खानले पालेको कुखुराले एक दिनमा ३६ वटा अण्डा पारेको हो ।

दिनमै ३६ वटा अण्डा पार्ने उक्त कुखुरा चर्चित बनेको छ । कुखुरालाई हेर्नका लागि टाढा–टाढाबाट समेत मानिसहरु आएका छन् । कुखुरा मालिक रइस र कुखुरा हेर्न आउने मानिसहरुले उक्त कुखुरालाई रमजानको महिनामा ईश्वरको चमत्कार मानिरहेका छन् ।

रइसका अनुसार मासु खानका लागि उनले बजारबाट उक्त कुखुरा किनेका थिए । बजारबाट किनेर घरमा उक्त कुखुरा थुनेर उनी कामका लागि बाहिर निस्किए । जब उनी बेलुका घर फर्किए, तब उनी हेरेको हेर्यै भए । उक्त कुखुराले सुरुमा १२ घण्टा भित्रैमा १६ वटा अण्डा पारेको थियो ।

अर्को बिहानसम्म त कुखुराले जम्मा जम्मी ३६ वटा अण्डा पारेको देखेपछि रइस र उनका परिवार तिनछक परे ।

एउटा कुखुराले बढिमा दिनमा २–३ वटा सम्ममात्र अण्डा पार्नेमा यस कुखुराले ३६ वटा अण्डा पार्नु कुनै चमत्कार भन्दा कम होइन । कुखुरा मालिकको यस्तो दाबीको स्वतन्त्र पुष्टि चाहिँ अझै भएको छैन । एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पार्ने कुरा सम्भव हुन्छ कि हुँदैन भन्ने कुराको जवाफ वैज्ञानिकहरुले नै दिन सक्लान् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • श्रीमतीको तस्वीर देखेपछि लोग्नेले मागे डिभोर्स
  • कान र जिब्रा काटिएका ‘सुगा-म्यान’
  • चम्चा डुबाउँदा ठाडै हुने अनौठो चिया
  • ३१ औँला भएको बच्चा जन्मियो
  • स्मार्ट फोनपछि अब आउँदैछ ‘स्मार्ट सुज’
  • समाधिबाट ८ दिनपछि उठे बाबा
  • पहिलोपटक गाईले दुइ बाच्छा जन्माए
  • अन्तरीक्षमा पहिलोपटक फूल फुल्यो