DHO

८० बर्षीय वृद्ध जेल चलान

Parme Bhatt

विनोद सिंह विष्ट,
बैतडी, ४ जेठ ।

बैतडीमा ३२ बर्षदेखि कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका २ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

वि. सं. २०४२ साल भदौ १७ गते राती पुर्चौडी नगरपालिका १० विजयपुर बरायलगाडा बस्ने ६५ बर्षिय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थी सहित ४ जनाको खुकुरी प्रहार गरि हत्या गरेका भट्टलाई जेल चलान गरिएको उहाँले बताउनुभयो । सदरमुकाम गोठलापनीवाट फर्किएको भनी अबेर भईसकेपछी बास बस्नका लागि अर्जुन अवस्थीको घरमा बसेको र सोही राती धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका ४ जना सदस्यको हत्या गरेका बताईएको छ ।

प्रहरीले ८० बर्षीया भट्टलाई सोमबार मात्रै घरमा रहेका बेला पक्राउ गरी जेल चलान गरेको हो । जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० बर्षे कैद सुनाएको थियो । भट्टलाई २० बर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ । बोकेर यताउता लैजानुपर्ने अवस्था रहे पनि कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • चट्यांगले बैतडीमा १० ट्रान्सफर्मर पड्किए, विद्युत सेवा अनियमित
  • बैतडीमा कांग्रेसले अझै उम्मेदवार टुंग्याउन सकेन
  • नवनियुक्त अध्यक्ष भवानीप्रसाद बरालको स्वागत !
  • के-के छन् वडा अध्यक्षका काम, कर्तव्य र अधिकार ? (जानकारीसहित)
  • दोगडाकेदारमा एक हप्तादेखि विद्युत सेवा अवरुद्ध
  • विद्युत प्राधिकरणका प्रमुख घेराउमा
  • मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुँदै
  • ८० बर्षीय वृद्ध जेल चलान