Facebook Twitter Google+ Google+
DHO

स्थानीय चुनावः ३४ जिल्लामा मतदान जारी (जानकारीसहित)

निर्बाचनAdvertise Here

काठमाडौँ, ३१ वैशाख । स्थानीय निकायको निर्वाचन आज देशका ३४  जिल्लामा जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ।

३ वटा प्रदेशमा जम्मा १३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन्। यस पटकको निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका छन् । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुलेमतदान गरिरहेका छन्।

मतदान गर्दा ध्यान दिनुपर्ने कुराहरु यहाँ प्रस्तुत गरिएको छ। (स्रोतः निर्वाचन आयोग)

– मतदान गर्ने समयभित्र (विहान ७ बजेदेखि अपराह्न ५ बजे मतदान केन्द्रमा पुगि सक्ने,
– मतदाता परिचयपत्र वा आयोगले तोकेको अन्य प्रमाण साथमा लैजाने,
– मतदान केन्द्रमा पुगेपछि महिला भए महिला र पुरूष भए पुरूषको छुट्टाछुट्टै लाइनमा उभिने,
– मतदान केन्द्रमा पुगेपछि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला, अशक्त तथाविरामी भएका मतदाताहरूको लागि छुट्टै व्यवस्था गरिएको स्थानबाट जाने,
– मतदान अधिकृत वा कर्मचारी भएको स्थानमा पुगेपछि आफ्नो नाम मतदाता नामावलीमा रूजु गराउने, औंलामा मसी लगाई माग्ने,
– मतदान गर्न मतपत्र लिने,
– मतपत्र बुझिलिंदा मतपत्रको पुछारमा मतदान अधिकृतले हस्ताक्षर गरे÷नगरेको यकिन गरी हस्ताक्षर गरेको मतपत्र मात्र बुझिलिने,
– हस्ताक्षर भएको मतपत्र लिएपछि स्वस्तिक छाप लिई गोप्य मतदान कक्षमा गई आपूmले मन पराएको
अध्यक्ष÷प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्यका लागि एक दलित महिला सहित दुई महिला गरी चार उम्मेदवारको
चिह्न भएको कोठामा पर्न गरी छाप लगाउने,
– छाप लगाइसकेपछि मसी नलतपतिने गरी मतपत्र राम्रोसँग पट्याएर मतपेटिकामा मत खसाउने,
– मतदान गरेपछि ताेिकएको मागर्बाट बाहिर जाने
– मतदान केन्द्रमा मतदातालाई कुनै द्विविधा भएमा मतदान अधिकृत, मतदान कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकको सहयोग लिने

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • सुरु भयो बडादसैं : आज घटस्थापना
  • दसैंको अवसरमा टेलिकमको छुट सुविधा
  • तेस्रो चरणको निर्वाचन : १३५ स्थानीय तहमा मतगणना जारी
  • प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान
  • असोज २० गतेदेखि पुन: अनशन बस्ने डा. केसीको घोषणा
  • प्रदेश २ मा निर्वाचन सम्पन्न, ७३ प्रतिशत मत खस्यो
  • सर्लाहीमा ११६ वर्षीयद्वारा मतदान
  • दुई नम्बर प्रदेशमा चुनाव भोलि, सम्पूर्ण तयारी पूरा