Facebook Twitter Google+ Google+
DHO

साउथ एसिया स्याटेलाइट प्रक्षेपण, नेपाललाई पनि सुविधा

thumbAdvertise Here

भारतले शुक्रबार प्रक्षेपण गरेको साउथ एसिया स्याटेलाइछ(भू–उपग्रह) मा नेपाल सहित छिमेकी राष्ट्रहरुलाई विशेष सुविधा दिने घोषणा गरेको छ ।

तर उक्त सुविधा उपभोग गर्न सबै छिमेकी राष्ट्रले आफ्नै अर्थ स्टेसन सहितका पूर्वाधार खडा गर्नुपर्नेछ । शुक्रबार भारतले बहुप्रतीक्षित उक्त स्याटेलाइट प्रक्षेपण गरेको थियो ।

उक्त स्याटेलाइटमा भारतले दक्षिण एसियाली छिमेकीलाई सुविधा दिने घोषणा गरेको छ । नेपालका लागि पनि दुई स्लटमा ३६ मेगाहर्ज सुविधा दिने घोषणा गरेको छ। साउथ एसिया स्याटेलाइट नाम दिएको उक्त योजनामा पाकिस्तान भने सहभागी छैन् ।

छिमेकी देशलाई केही सुविधा दिने भनेर भारतले घोषणा गरेकाले नेपालले पनि सो सुविधा प्रयोग गर्न सक्ने सूचना तथा संचार मन्त्रालयका प्रबक्ता रामचन्द्र ढकालले बताए । ‘भारतले उक्त स्याटेलाइटमा केही सुविधा दिने भनेको छ तर के कति भन्ने यकिन भएको छ्रैन्,’ ढकालले भने, ‘त्यो सुविधा प्रयोग गर्न नेपालले पनि केही तयारी गर्नुपर्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रधानमन्त्री देउवाका सय दिनः यस्ता छन् सफलता र असफलता
  • विमलेन्द्र निधिलाई गृहनगर जोगाउनै धौधौ
  • कर्मचारीले राजनीति गरे ‘बर्खास्त’!
  • आयोग नबन्दा महाकाली सन्धिको विवाद जटिल
  • लिक बन्यो, गुडाउने रेल छैन
  • नेपाल आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने सरकारको तयारी
  • कहाँबाट चुनाव लड्ने तयारी गर्दै छन् शीर्ष नेता ?
  • जम्बो मन्त्रिपरिषद्: मन्त्रीलाई तलब खुवाउनै हम्मे