Facebook Twitter Google+ Google+
Dipawali
DHO

मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुँदै

matadataAdvertise Here

विनोद सिंह विष्ट,
बैतडी, ४ जेठ ।

बैतडीमा मतदाता शिक्षा कार्यक्रम पुनःसञ्चालन हुने भएको छ । सरकारले दुई चरणमा निर्वाचन गर्ने भएपछि बैतडीमा बैशाख पहिलो सातावाट सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको थियो ।

बैतडीमा जेठ ५ गतेबाट मतदाता शिक्षा कार्यक्रम पुनःसञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधव प्रसाद फुयाँलले जानकारी दिनुभयो ।

बैतडीमा जेठ ३१ गते निर्वाचन हुने स्थानीय तहको निर्वाचनका लागी मतदाता शिक्षा कार्यक्रम पुनःसञ्चालन हुन लागको हो । मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न यसअघि नै छनौट भएका १८७ जना मतदाता शिक्षा स्वयमंसेवकलाई परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागी बैतडीमा १२० मतदान स्थल तोकिएका छन् भने निर्वाचनमा भाग लिन १० दलले चुनाव चिह्न पाएका छन् । ४ नगरपालिका र ६ गाँउपालिका रहेको बैतडीमा १ लाख २४ हजार ८ सय २४ जना मतदाता रहेका छन् ।

स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ नम्वर प्रदेशमा जेठ ३१ हुने भएको छ भने ३, ४ र ६ नम्बर प्रदेशमा वैशाख ३१ गते सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ​तिहार सुरु, पहिलो दिन आज कागतिहार
  • समानुपातिकतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने
  • झुलाघाट पुल : कहिले बन्ला पक्की ?
  • पञ्चेश्वरको वातावरणीय व्यवस्थापन योजना अन्तिम चरणमा
  • एन्टोजको आठ विभाग गठन, चैत्र मसान्तभित्र प्रदेश अधिवेशन हुने
  • पञ्चेश्वरमा लघुजलविद्युत आयोजना निर्माण नहुँदै अलपत्र
  • अाज बिदा हुने सांसदले के पाउँदैछन् ?
  • बालविवाहविरुद्ध यसरी जुटे बैतडीका किशोरी