Facebook Twitter Google+ Google+
Dipawali
DHO

विद्युत प्राधिकरणका प्रमुख घेराउमा

nea-pramukhAdvertise Here

विनोद सिंह विष्ट,
बैतडी, ४ जेठ ।

विद्युत सेवा १ महिनादेखि अबरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुखलाई बैतडी र दार्चुलाका नागरीकले गोकुलेश्वरमा गाडी सहित बिहीवार घेराउ गरेका छन् । वितरण केन्द्रका प्रमुख राम दिनेश चौधरीलाइ बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाका स्थानीय बासिन्दाले गोकुलेश्वरमा घेराउ गरेका हुन् ।

डिलासैनी र शैल्यशिखरमा बैशाख २ गतेबाट बिद्युतसेवा अबरुद्ध भएपछि आक्रोसित स्थानीयले प्रसारण लाइन हेर्न गएका प्रमुख चौधरीलाइ घेराउ गरेको डिलासैनी ६ गोकुलेश्वरका सुरेस श्रेष्ठले जानकारी दिनु भयो । बैशाख २ गते आएको हावहुरीले उक्त क्षेत्रमा प्रसारण लाइनमा क्षती पु¥याउदा बिद्युत सेवा अबरुद्ध भएको थियो । अबरुद्ध बिद्युत सेवालाइ पटक पटक सुचारुका लागी नेपाल बिद्युत प्राधिकरण दार्चुला शाखालाइ अनुरोध गर्दापनि कुनै वास्ता नगरेकाले कार्यालय प्रमुखलाई नै घेराउ गरीएको शैल्यशिखर ९ गोकुलेश्वरका लक्ष्मण बिष्टले जानकारी दिनुभयो ।

बिद्युत प्राधिकरणले उक्त क्षेत्रमा कुनै पनि कर्मचारी नखटाएको र कार्यलयमा फोन गर्दा समेत एक महिना सम्म कुनै चासो नदिएको स्थानीयको आरोप रहेको छ । बिद्युत सेवा अबरुद्ध हुदा डिलासैनिको गोकुलेश्वरमा रहेको कृषि तथा पशुबिज्ञान कलेजको पठनपाठन पनि प्रभाबित भएको कलेजका स्वबियु सभापती राजेन्द्र बमले जानकारी दिनुभयो । बिद्युत नहुदा प्रोजेक्टका माध्यमबाट पढाइ हुन नसकेको र इन्टरनेटबाट रिसर्च गरेर हुने पढाइपनि प्रभावित भएको स्ववियु सभापती बमले बताउनुभयो ।

उता नेपाल बिद्युत प्राधिकरण दार्चुला बितरण केन्द्रका प्रमुख चौधरीले भने अबरुद्ध बिद्युत सेवा सुचारुका लागी मर्मत गरीरहेको र दिनहु जसो आउने हावाहुरीले गर्दा नियमित रुपमा बिद्युत सुचारु गर्न नसेको स्वकार्नु भएको छ । यसअघि बुधवार पनि त्यहाका स्थानीय बासिन्दाले अबरुद्ध बिद्युत सेवा सुचारुको माग राख्दै महाकाली राजमार्गमा चक्काजाम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ​तिहार सुरु, पहिलो दिन आज कागतिहार
  • समानुपातिकतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने
  • झुलाघाट पुल : कहिले बन्ला पक्की ?
  • पञ्चेश्वरको वातावरणीय व्यवस्थापन योजना अन्तिम चरणमा
  • एन्टोजको आठ विभाग गठन, चैत्र मसान्तभित्र प्रदेश अधिवेशन हुने
  • पञ्चेश्वरमा लघुजलविद्युत आयोजना निर्माण नहुँदै अलपत्र
  • अाज बिदा हुने सांसदले के पाउँदैछन् ?
  • बालविवाहविरुद्ध यसरी जुटे बैतडीका किशोरी