Facebook Twitter Google+ Google+
DHO

प्रारम्भिक मतगणना : एमाले र कांग्रेसबीच तीब्र प्रतिस्पर्धा

aaaaAdvertise Here

काठमाडौं, जेठ २ ।
वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निकायको पहिलो चरणको निर्वाचनको मतगणनाअनुसार मङ्गलबार दिउँसोसम्म नेकपा एमालेले अग्रता कायम गरेको छ ।

मङ्गलबार दिउँसो १ बजेसम्मको मत परिणामअनुसार एमालेले ९ स्थानमा अध्यक्ष तथा मेयर पदमा विजय हासिल गरेको छ भने ८४ स्थानमा अग्रता लिइरहेको छ।

प्रारम्भिक गणनाअनुसार एमालेसँग प्रतिस्पर्धामा रहेको दल नेपाली कांग्रेसले ८ स्थानमा अध्यक्ष तथा मेयर पदमा विजय हासिल गरेको छ भने ८७ स्थानमा अगाडि रहेको छ।

अर्को दल माओवादी केन्द्रले ७ स्थानमा विजय हासिल गरेको छ भने ३९ स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र फोरम-नयाँ शक्ति २-२ स्थानमा अगाडि रहेका छन् ।

देशमा रहेका चार वटै महानगरपालिका काठमाडौँ, भरतपुर, पोखरा तथा ललितपुरमा नेकपा एमालेले अग्रता लिएको छ।

सबैतिरबाट मत गणनामा निकै ढिलाइ भएको गुनासो आएपछि निर्वाचन आयोगले गणनामा पहिलेको तुलनामा केही गति बढाएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ४ हजार मेगावाटका ४१ आयोजना खारेज हुने
  • लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)
  • संविधान संशाेधनमा बृहत् छलफल हुँदै, साेमबार मतदान हुने
  • संविधान संशोधनको विपक्षमा राप्रपा
  • पत्रकार महासंघको अधिवेशन तयारी अन्तिम चरणमा
  • प्रदेश र केन्द्रको चुनाव मङ्सिर ४ र २१ मा एकैपटक गर्ने तयारी
  • बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार लागिपरेको छ : प्रधानमन्त्री देउवा
  • प्रदेश नं. २ मा लागु भयाे निर्वाचन अाचारसंहिता