Facebook Twitter Google+ Google+
DHO

प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट

thumbAdvertise Here

विनोद सिंह विष्ट,
बैतडी, ८ जेठ ।

मंगलवारदेखि काठमाडौंमा सुरु हुने सर्वाधिक राशीको पहिलो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बैतडीबाट ४ जना खेलाडी छनौट भएका छन् ।

छनौट भएका खेलाडीहरुमा बसन्त खत्री , सुरेन्द्र चन्द(बादशाह), बिकास आग्री र खडक बोहरा रहेका राष्ट्रिय स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो । बसन्त बैतडीमा त्रिलोचन क्रिकेट क्लवमा आवद्ध रहेका थिए भने सुरेन्द्र र बिकास दशरथचन्द एकेडेमीमा आवद्ध रहेका थिए । यस्तै बैकल्पिक खेलाडीका रुपमा छनौट भएका खडक निङ्गलाशैनी क्रिकेट क्लवमा आवद्ध रहेका थिए । बैतडीवाट छनौट चरणमा ९ जना सहभागी रहेका राष्ट्रिय स्कोरर बोहराले बताउनुभयो ।

छनौट भएका चारै जना खेलाडी सुदुरपश्चिम विकास क्षेत्रको टोलीवाट खेल्न लागेका हुन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा ब्याटीङ र बलीङमा अभ्यास गराएर ४ बैकल्पिक सहित १८ सदस्यीय टिम छनौट गरीएको क्षेत्रीय खेलकुद विकास समितिका सदस्य घनश्याम भट्टले बताउनुभयो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलवारदेखि हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहने जनाईएको छ ।

सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएकोेछ र शीर्ष दुई टोली अघिल्लो चरणमा पुग्नेछन् । हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ ।

प्रतियोगिताका विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछन् । त्यस्तै, सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । साथै, प्रतियोगिताको म्यान अफ दी सिरिजले १ लाख रुपैयाँ र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उदयीमान खेलाडीले २५ हजार पाउनेछ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र काठमाडौं ट्रेनिङ सेन्टरको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी सबै खेलाडीको अनलाइन रजिस्ट्रेशन गरिएको थियो ।

यो प्रतियोगितालाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलका लागि नेपाली टोली छनौटको आधारसमेत बनाइने छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन
  • नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
  • नेपालद्वारा सिंगापुर २२ रनले पराजित
  • प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट
  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने