DHO

निर्वाचन सुरक्षामा अनुमति नलिइ गोली चलाउन सक्ने अधिकार

thumb

आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन् ।

मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाको दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ ।

यी प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिनेछन् । केन्द्रीय सुरक्षा समितिले निर्वाचन हुने तहहरुलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरेको छ ।

यही विभाजनअनुसार कुन क्षेत्रमा कति सुरक्षाकर्मी खटाउने भन्ने निर्क्यौल गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • साउथ एसिया स्याटेलाइट प्रक्षेपण, नेपाललाई पनि सुविधा
  • महाभियोगका बारेमा चुप लाग्ने सत्ता पक्षको रणनीति
  • सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै
  • विश्व बैंकद्वारा नेपालको प्रशंसा, यस्तो छ कारण
  • आन्दोलनका कार्यक्रम फिर्ता गरेर मोर्चा चुनावमा जाँदै!
  • गृहमन्त्रीले गरे संसद्को अपमान
  • चुनाव चिह्न पानको पातदेखि बाँदरसम्म
  • आईजी नियुक्ति प्रकरण : डकुमेन्ट कसरी लिक भयो?