DHO

दोगडाकेदारमा एक हप्तादेखि विद्युत सेवा अवरुद्ध

dogadakedar-biddut

विनोद सिंह विष्ट,
बैतडी, ५ जेठ ।

बैतडीको दोगडाकेदार गाउँपालिकामा गएको एकहप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । गएको बैसाख अन्तिम साता आएको हावाहुरीले विद्युत सेवा अवरुद्ध भएको दोगडाकेदार ३ श्रीकोट, खिरेगाँउका शंकर दत्त भट्टले जानकारी दिए ।

विद्युत सेवा अवरुद्घ हुदा दोगडाकेदार गाउँपालिकाका स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् भने मोवाईल चार्ज गर्न नसक्दा सञ्चार विहीन समेत बन्न पुगेका भट्टले बताए । यसका साथै विद्युतिय मिल पनि सञ्चालन हुन नसकेको बताईएको छ ।

दोगडाकेदार ७ देउलेकमा पनि एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको दोगडाकेदार ७ का दिनेस भट्टले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण अवरुद्ध विद्युत सेवा सुचारु हुन नसेकेको स्थानीय बासिन्दाको आरोप रहेकोछ ।

वैशाख अन्तिम साता आएको हावाहुरीले दोगडाकेदार गाउँपालिकाको श्रीकेदार–खोचलेक क्षेत्रको प्रसारण लाईनमा हावाहुरीले क्षती गरेकाले मर्मतको काम भईरहेकाले एक दुई दिनमै विद्युत सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्र लाल देवले बताए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • चट्यांगले बैतडीमा १० ट्रान्सफर्मर पड्किए, विद्युत सेवा अनियमित
  • बैतडीमा कांग्रेसले अझै उम्मेदवार टुंग्याउन सकेन
  • नवनियुक्त अध्यक्ष भवानीप्रसाद बरालको स्वागत !
  • के-के छन् वडा अध्यक्षका काम, कर्तव्य र अधिकार ? (जानकारीसहित)
  • दोगडाकेदारमा एक हप्तादेखि विद्युत सेवा अवरुद्ध
  • विद्युत प्राधिकरणका प्रमुख घेराउमा
  • मतदाता शिक्षा कार्यक्रम पुनः सञ्चालन हुँदै
  • ८० बर्षीय वृद्ध जेल चलान