Facebook Twitter Google+ Google+
DHO

जुम्लाका युवा मतदान छाडेर यार्सा टिप्न पाटनतिर

Advertise Here

गाउँमा निर्वाचनका लागि प्रचारप्रसार कार्य तीव्र भइरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् ।

यार्सा टिप्ने सिजन सुरु भएकाले युवा स्थानीय तहको निर्वाचनमा मतदान नगरी कमाउन त्यसतर्फ लागेका हुन् ।

दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनका लागि अधिकांश युवा प्रचारप्रसारका साथै नेतृत्वका लागि खटिएका छन् तर छुमेचौरका युवा भने निर्वाचनभन्दा पनि कमाउन जरुरी रहेको भन्दै यार्सा टिप्न पाटन छिरेका छन् ।

कर्णालीको डोल्पा, मुगु, जुम्ला र हुम्लाको हिमाली भेगमा पाइने यार्साको सिजन वैशाखदेखि असार सम्म भएका कारण युवा धमाधम पाटन तिर लागेका हुन् । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • प्रदेश राजधानी तोकिएको ४८ घन्टामै कर्मचारी खटाइने तयारी
  • एमाले–माओवादी केन्द्रबीच मंसिर ९ गते पार्टी एकीकरण
  • सत्ता कब्जा गर्दैनौं : दाहाल
  • छोटो मतपत्र : झन्झटिलो मतदान प्रक्रिया
  • यस्ता छन् २५ वर्षयताका घोषणापत्र
  • भोट बदर हुने चिन्ता
  • नेता चिनेर भोट हाल्ने दिन कहिले आउला?