Facebook Twitter Google+
DHO

छाडा गाई ब्यवस्थापन गर्ने सहमती

20170512_162222

बैतडी, ३१ बैशाख ।

पाटन नगरपालिकाले छाडा गाई ब्यवस्थापन गर्ने भन्दै निर्माण गरेको गौसालामा गाईहरु भोकभोकै मरेपछि स्थानीयले बिरोध जनाएका छन् ।

गौसालाका अधिकांश गाई मरेको र बाँकी गाईले खेतबारी नष्ट पारेपछि स्थानीयहरु बिरोधमा उत्रिएका थिए । उनिहरुले बजारका छाडा गाई लिएर नगरपालिकाको कार्यालयमा बाँधेपछि स्थानीय र नगरपालिकाबीच ब्यवस्थापन गर्ने सहमती भएको हो ।

नगरपालिकाले रु ५० हजार दिने र मरेका गाईहरुका अवशेष सफा गरेर गौसाला ब्यवस्थापन गर्ने पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथ वडले बताउनुभयो ।

20170513_104628

गौशाला मर्मत गरेर ब्यवस्थीत किसिमले गाईहरु राखिने सहमती अनुसार स्थानीय खेमराज भट्टलाई उक्त जिम्मा दिइएको बताइएको छ । छाडा गाईहरुलाई दिनमा चराउने र राती गौसालाभित्र राख्ने नगरपालिकाले जनाएको छ ।

यस गौसालामा राखिएका दुई दर्जन गाईमध्ये धेरैजसो भोकै मरेका थिए । त्यसपछि स्थानीय महिलाहरुले शुक्रवार बाँचेका छ वटा गाई र बजारमा रहेका अन्य गाईहरु लगेर पाटन नगरपालिकाको कार्यालयमा बाँधिदिएका थिए ।

नगरपालिकाले छाडा गाई संरक्षणको नाममा गाईहरु गौसालामा थुनिदिदा मरेर दुर्गन्ध फैलिएको र अन्य छाडा गाईहरुले खेतवारी नष्ट पारेपछि नगरपालिकाको कार्यालयमा गाई ल्याएर बाँधेको उनिहरुको दाबी थियो ।

नगरपालिकामा गाईहरु बाँधिएपछि इलाका प्रहरी कार्यालय पाटनबाट दर्जनौ म्यादी प्रहरी खटाएर गाईहरुलाई पुन गौसालामै पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • कसले कुन मन्त्रालय पाए?
  • विवेकशील र साझा पार्टीबीच एकता
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी
  • कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक
  • भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ
  • मन्त्रिपरिषद् विस्तार आज
  • गुप्तचरमा बढुवाको लागी प्रहरीमा भन्दा खतरनाक खेल, गृहमन्त्री बेखवर
  • लिउडो बेचेर दैनिक दुई हजार बढी आम्दानी