Facebook Twitter Google+
DHO

काउन्सिलद्वारा मतदान केन्द्रहरूको स्थलगत अनुगमन

thumb

काठमाडौँ, ३१ बैशाख ।

स्थानीय तहको निर्वाचन २०७४ को अवसरमा आज प्रेस काउन्सिल नेपालबाट विभिन्न जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गरियो ।

सो अवसरमा निर्वाचनको समग्र पक्षका साथै समाचार सङ्कलनका क्रममा मिडिया र पत्रकारले आचारसंहिता पालना गरे नगरेको तथा मतदान केन्द्रबाट सूचना प्रवाहका क्रममा पत्रकार र मिडियालाई सहजता प्रदान भए नभएको लगायतका विषयमा अनुगमन गरिएको थियो ।

यस कार्यका लागि काउन्सिलका निमित्ति अध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरू डा.महेन्द्र विष्ट, खिलबहादुर भण्डारी, गोविन्द चौलागाईँ–काठमाडौँ, सदस्य सुदर्शन आचार्य–सिन्धुपाल्चोक, ईश्वरीप्रसाद ओझा–काभ्रे, सदस्य शुभेच्छा विन्दू तुलाधर–कीर्तिपुर र ललितपुर, सदस्य चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल, कामु उपप्रशासकीय अधिकृत रामशरण बोहरा–काभ्रे, सिन्धुपाल्चोक, सदस्य संगीता खड्का, सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल –थानकोट, नैकाप, जावलाखेल, मंगलबजार भक्तपुरका केन्द्रमा खटिनुभएको थियो ।

सो अवसरमा पत्रकारहरूले आचारसंहिता भित्र रहेर तस्वीर, रिपोर्ट लिएको मतदान अधिकृतहरूले बताएका थिए भने आफूहरूलाई मतदान सम्बन्धी सूचना प्रवाहका क्रममा सहजता प्रदान गरिएको सम्बन्धि क्षेत्रमा खटिएका पत्रकारहरूले प्रतिक्रिया दिएका थिए ।

स्मरणीय छ, प्रेस काउन्सिल नेपालले यही बैशाख १५ गतेदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा पत्रकार र निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति
  • निर्वाचन नजिकिँदै गर्दा डडेल्धुरामा चुनावी सरगर्मी बढ्यो
  • दलका चुनाव चिन्हयुक्त मत पत्रमा मतदाता शिक्षा सञ्चालन गरेको गुनासो
  • स्थानीय तह दोश्रो चरण निर्वाचन : १५ हजार ३८ पदका लागि ६२ हजार ९२६ को उम्मेदवारी
  • नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ? सूची हेर्नुहोस्
  • छ महिनामा २३ वटा मानवअधिकार उल्लंघन
  • १५ अगस्टमा भारत भ्रमण गर्ने देउवाको इच्छा
  • प्रदेश सातमा नौ उम्मेदवार निर्विरोध निर्वाचित