एनसेलले बन्द गर्‍यो ‘फ्रि फेसबुक योजना’

मा प्रकाशित


काठमाडौँ, १९ वैशाख । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘फ्रि फेसबुक योजना’ बन्द गर्ने भएको छ।

एनसेलले सूचना जारी गर्दै मङ्गलबारदेखि निशुल्क सेवा बन्द हुने जनाएको हो। लामो समयसम्म ट्विटर तथा विकिपिडिया सेवा निशुल्क गराउँदै आएको एनसेलले केही समय यता फेसबुक सेवा पनि निःशुल्क उपलब्ध गराएको थियो।

गत चैत १२ गतेदेखि एनसेलले निशुल्क ट्विटर तथा विकिपिडिया सेवा पनि बन्द गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!