Facebook Twitter Google+
DHO

असिनाले कृषि क्षेत्रमा साढे दुई करोडको क्षति, खाद्यान्न संकट हुनसक्ने

gahu

विनोद सिंह विष्ट,
बैतडी, ४ जेठ ।

असिनापानी र हावाहुरीले बैतडीमा कृषि क्षेत्रमा साढे दुई करोडको क्षति भएको छ । गत महिना वैशाखको अन्तिम साता लगातार परेको असिनापानीसँगैको हावाहुरीले बैतडीको विभिन्न क्षेत्रमा करिब १ हजार हेक्टर जमीनमा लगाइएको गहुँबाली, तरकारी र फलफूल गरी २ करोड ५१ लाख ५० हजार बराबरको क्षति गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

असिनाले बैतडीको मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी क्षती पुगेको छ । मेलौली नगरपालिकाको ५३४ हेक्टर जमीनमा लगाईएको गहुँ, तरकारी र फलफुलमा १ करोड बराबरको क्षती गरेको र दशरथचन्द नगरपालिकाको ७५ हेक्टरमा करिब ८३ लाख ९० हजार बराबरको तरकारी र फलफुलमा क्षती पुगेको योजना अधिकृत चन्दले बताउनुभयो ।

पुर्चौडी नगरपालिकाको १३२ हेक्टर जमीनमा लगाईएको गहुँ, तरकारी र फलफुल गरी ४० लाख, सिगास गाउँपालिकामा १५ लाख, पाटन नगरपालिकामा १२ लाख र सुर्नया गाउँपालिकामा ६० हजार बराबरको क्षती गरेको छ ।

बैतडीको लेकाली क्षेत्रमा गहुँ पाक्न बाँकी रहेकाले लेकाली क्षेत्रमा गहुँबालीमा बढी क्षती पुगेको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ । जिल्लाको सबै क्षेत्रको क्षती विवरण संकलनको काम भईरहेकाले पुरै जिल्लाको क्षतीको विवरण आउन केही दिन अझै लाग्ने बताईएको छ । क्षतीको विवरण संलनका लागी जिल्लाका साकिकका हरेक गाविसमा कृषि प्राविधिक खटाईएको छ ।

गहुँबालीमा ठुलो क्षती पुगेकाले यो बर्ष बैतडीमा खाद्यान्न संकट हुने योजना अधिकृत चन्दले बताउनुभयो । मागको २३ हजार मेट्रिक टन कम उत्पादन हुने बैतडीमा यो बर्ष झनै खाद्यान्न संकट आउने देखिएको छ उहाँले भन्नुभयो “गहुँ उत्पादमा कमी भएपछी खाद्यान्न संकट आउने देखिन्छ ।”

बैतडीमा २० हजार ९ सय हेक्टरमा गहुँबाली, १२ सय बढी हेक्टरमा फलफुल र ५०० हेक्टर जमीनमा तरकारी खेती गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • माटोमा छापो किन ?
  • बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान
  • बैतडीमा गहुँ भित्र्याउने चटारो
  • अज्ञात रोगले बैतडीमा पाँच गाई मरे
  • डोटीमा बाली उपचार शिविर सञ्चालन हुदै
  • कृषक समूह महासंघ बैतडीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
  • कृषि क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याउनका लागि पैरवी
  • बीउ प्रवर्द्धन सहकारी संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न