सुपरभाईजर तथा लेन्थवर्कर पुनर्ताजकीय तालिम सम्पन्न

मा प्रकाशित


बैतडी, २६ चैत्र ।

सडक डिभिजन कार्यालय नं ३ को सुपरभाईजर तथा लेन्थवर्कर पुनार्ताजकीय तालिम शनिवार पाटनमा सम्पन्न भएको छ ।

सडक सम्पत्ति संरक्षण गर्न सुपरभाईजर तथा लेन्थवर्करको पुनार्ताजकीय तालिम प्रत्येक वर्ष संचालन हुने गरेको सब-इन्जीनियर टिकेन्द्र सिजापतिले जानकारी दिनुभयो ।

त्यस्तै तालिममा सडक डिभिजन कार्यालय नं ३ का इन्जिनीयर आशिक रिजालले सहजीकरण गर्नुभएको थियो । सडकमा आईपर्ने विभिन्न समस्या समाधान गर्न हरेक समयमा उपस्थित हुन डिभिजन प्रमुख ललितजन खनालले सुपरभाईजर र लेन्थवर्करलाई निर्देशन समेत दिनुभएको थियो ।

सुपरभाईजर तथा लेन्थवर्करलाई सडक मर्मत गर्न आवश्यक पर्ने औजार तथा उनीहरुको पोशाक, हेल्मेट लगायत सामानहरु पनि वितरण गरिएको सब-इन्जिनीयर देवेन्द्र स्वारले जानकारी दिनुभयो ।

सडकमा काम गर्दा आईपर्ने समस्या र पेशागत समस्याको बारेमा तालिममा सहभागी सुपरभाईजरहरुले बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!