Facebook Twitter Google+
DHO

सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै

thumb

सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका काम थालिएको छ ।

कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल हुँदै अछाम सदरमुकामसम्म सर्वेको कार्य सुरु गरिएको मिसन कन्सट्रक्सन प्रालि काठमाडौँका टिम लिडर सरोज रायमाझीले बताए ।

प्रत्येक जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच र्पुयाउने सरकारको उद्देश्यअनुसार नेपाल टेलिकमले कन्सल्टेन्सी मार्फत अप्टिकल फाइबर जडान गर्न सर्वे थालेको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सहायक प्राविधिक अधिकृत नारायण भट्टले बताए ।

अत्तरियादेखि डडेल्धुरासम्म नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमार्फत ओपिजिडब्लु अप्टिकल फाइबर र्पुयाइनेछ । अप्टिकल फाइबर बिछ्याएपछि द्रुत गतिको इन्टरनेट सेवा र ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने र सेवामा समेत गुणस्तरीयता बढ्ने भट्टले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा अहिलेसम्म माइक्रोवेभ प्रणालीमार्फत टेलिकमले आफ्नो सेवा दिइरहेको छ तर त्यसमा ब्यान्डविथ सीमित हुुने भएकाले समस्या आउने गरेको छ । अप्टिकल फाइबर बिछ्याएपछि ब्यान्डविथ असीमित हुने र सेवा प्रभावकारी हुने भट्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • फेसबुकबाट ठगिए उजुरी गर्न सिआइबीको अनुरोध
  • आउँदैछ पेट्रोल विनै चल्ने बाइक
  • दूरसञ्चारले फोन शुल्क घटायो, ‘पल्स’ अवधि लागू
  • सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै
  • शंकास्पद नम्बरको फोन नउठाउन टेलिकमको आग्रह
  • फेसबुकले नि:शुल्क भर्सन ‘वर्कप्लेस’ ल्याउँदै
  • सामसुङको ग्यालेक्सी एस-८ बजारमा, स्मार्टफोनमा हेर्ने वित्तिकै अनलक
  • कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?