Facebook Twitter Google+ Google+
DHO

शंकास्पद नम्बरको फोन नउठाउन टेलिकमको आग्रह

Advertise Here

काठमाडौं, २९ चैत्र । शंकास्पद नम्बरहरुको फोन नउठाउन नेपाल टेलिकमले सबै ग्राहकलाई आग्रह गरेको छ।

ट्युनिसियालगायत विभिन्न मुलुकको कोड नम्बरबाट टेलिकमका जिएसएम प्रिपेड तथा पोष्टपेड नम्बरमा मिसकल आएपछि सेवाग्राहीमा भ्रम फैलिएको छ।

टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कललाई विदेशी क्यारियरमार्फत ब्लक गरिसकेको जनाएको छ। टेलिकमले कुनै यस्ता कलहरु आए नउठाउन सेवाग्राहीलाई आग्रह गरेको छ।

टेलिकमले ट्युनिसियाबाट ‌+२१६९८.. तथा अन्य मुलुकहरुबाट यी नम्बरबाट (६७४५.., +२१२….) कल आएमा कल नउठाउन आग्रह गरेको हो। टेलिकमले अन्तर्राष्ट्रिय गिरोहले यस्तो कल गरेको बताउँदै कल व्याक नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?