राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा

मा प्रकाशित


हरिश चन्द्र बाग,
कञ्चनपुर, ०८ बैशाख ।

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई कञ्चनपुरको बेलौरीमा भव्य स्वागत गरिएको छ । विज्डम एकेडेमी बेलौरीको विशेष आमन्त्रणमा बिहिबार नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरु शरद भेषवाकर, नरेश बुढा ऐर, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, पदम केसि र बिक्रम सोब बेलौरी पुगेका हुन् ।

उहाँहरुलाई बिहिबार साँझ ५ बजे बेलौरीमा एक कार्यक्रमका बीच दोसल्ला र मायाको चिनो सहित सम्मान गरी उहाँहरुसंग अन्तरकृया समेत गरिएको छ ।

उक्त कार्यक्रममा बेलौरी क्षेत्रका खेलाडी, विद्यार्थी, अभिभावक तथा खेलप्रेमीहरुले उहाँहरुको भव्य स्वागत समेत गरेका हुन् ।

त्यसै क्रममा रेडियो बेलौरीसंग कुराकानी गर्दै विराटनगर किङ्ग्सका कप्तान शरद भेषवाकरले नेपाल सरकारले खेलकुदमा आवश्यक लगानी गर्न नसकेको प्रति गुनासो गर्दै सरकारले खेलकुदलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: