Facebook Twitter Google+ Google+
DHO

राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा

thumbAdvertise Here

‘महानायक’ राजेश हमाल उर्जा मन्त्री बनेका छन् । यस्तै क्याप्टेन बिजय लामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका छन् ।

देशलाई लोडसेडिङमुक्त बनाउने अभियानको कथावस्तुमा केन्द्रित रहेर निर्माण गरिएको चलचित्रमा राजेश हमालले उर्जामन्त्री जनार्दन शर्माको भूमिका निर्वाह गरेका छन् भने  क्याप्टेन विजय लामाले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको भूमिका निभाएका छन् ।

लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ ।

सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ । नेपाल टेलिभिजनमा प्रसारण भइसकेको चलचित्र ‘उज्यालो नेपाल’ युट्युबमा पनि सार्वजनिक गरिएको छ ।

उनीहरुको इच्छाशक्तिका कारण उर्जा क्षेत्रमा आएको नाटकीय परिर्वतन र सकारात्मक प्रभावलाई चलचित्रमा चित्रित गरिएको छ । चलचित्रले विद्युत उत्पादन बढाएर देश उज्यालो बनाउने मन्त्री शर्माको अठोट र विद्युतको उचित व्यवस्थापनमा कुलमान घिसिङले देखाएको कुशलतालाई प्रस्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • राजेश हमाल बने उर्जामन्त्री, कुलमानको ठाउँमा विजय लामा
  • युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)
  • रक्सी पिएर आउँदा सुरजलाई आशाले घर भित्र पस्न दिईनन्
  • रक्सी कस्ले बनायो कमेडी दोहोरी गीत सार्वजनिक
  • अप्सन अाए नयाँ म्युजिक भिडियोमा
  • केपी ओली चलचित्रको हिरो बन्ने
  • डेउडामा उदाएका सौराडीको “हिट चम्पा न्याउली” बजारमा
  • दीपकले ठमेलकी सुन्दरीलाई भिमफेदी गाइजसँग नचाए