Facebook Twitter Google+
DHO

माटोमा छापो किन ?

thumb

करोडौं वर्ष पहिले अथवा पृथ्बीको उत्पति हुँदा पृथ्वीको सतहमा माटो थिएन र पृथ्वी कडा आग्नेय चट्टानको रुपमा रहेको थियो पृथ्बीको उथलपुथल ज्वालामुखि भुकम्प ज्वारभाटा ताप बर्षा हिउ जिबजन्तु र बनस्पति आदि बाह्य कारक तत्वहरुले टुक्र्याउन खियाउन थाले एबम रितले चट्टानहरु क्रमश गल्दै र माटो बन्दै गयो । त्यस्तै प्राणी गलेर माटोमा मिल्दा माटोको एक महत्वपुर्ण प्राङगारीक पदार्थ थपिएर बन्दछ । जलबायु, प्राणी, बनस्पति जमिनको ढल र समय यी सब मिलेर माटो बन्ने क्रम चलिरहन्छ । जस्ले गर्दा माटो बन्ने दर र माटोको प्रकारमा असर पर्दछ । माटो बन्ने प्रक्रिया निरन्तर चलिरहन्छ । यी सबैहरुका लागि समय चाहिन्छ र समय बित्दै जाँदा माटोले पनि आफ्नो स्वरुप फेर्दै जान्छ ।

माटोको विभिन्न गुणहरु हुन्छन्:

  • भौतिकगुण
  • रसायकि गुण
  • जैबिक गुण

    manisha sigdel

    मनिषा सिग्देल

माटोमा छापो प्रयोग गर्ने बिधि परापुर्बकाल देखि नै चलिआएको चलन हो । छापो भनेको पराल, छ्वाली, पातपतिंगर, बनमारा, स्याउला आदि प्रयोग गरिन्छ ।

छापो बिउहरु छरेपछि अथवा विरुवाहरु रोपे पछि राखिन्छ करिब 20-30 mm पातलो छापो राखिन्छ भने जाडो याममा 30 -45 mm अलि बाक्लो छापो राखिन्छ ।

छापोको महत्व कृषिमा नङ्ग र मासुको जस्तो छ । १ छापोले गर्दा माटोको जैबिक गुण राम्रो हुन्छ । माटोमा जीवित बस्तुमा जस्तै जीवाणुहरु तथा किराहरुको उपस्थितीले प्राङगारीक पदार्थलाई कुहाउने काम गरि माटोको उर्बराशक्ती बृध्दि त्यति नै धैरै माटो उर्बर हुन्छ । सुक्ष्म जिबाणुहरुले बायुमण्डलबाट नाइट्रोजन, स्थिरिकरण fixation गर्ने खाध्य तत्वको उपलब्धता बढाउने, प्राङगारीक पदार्थको बिघटन आदि कार्यबाट बिरुवालाइ सहयोग गर्दछ ।

२ छापो प्रयोग गर्नाले माटोको तापक्रम बढ्ने गर्दछ र चिस्यानको मात्रा पनि बढाउछ जसले गर्दा Microenvironment/climate बन्छ र बिउलाइ छिटो बढ्न मदत गर्दछ । छापो प्रयोग गर्नाले बिरुवाको ठुलो शत्रु झार धेरै कम भएको पाइन्छ । झारले गर्दा 20 -30% उत्पादन घट्छ ।

घामले माटोमा भएको पानि सोसेर अथवा वाष्पीकरण Evaporation हुन्छ तर छापोको प्रयोग गरेपछि घामले सिधै असर गर्न पाउदैन, चिस्यान धैरै बेर सम्म रहन्छ जसले गर्दा सिचाइ गरिराख्न पर्दैन ।

असिना पानि, हावाहुरी लाग्दा माटोमा सिधै असर गर्छ र भर्खर उम्रीन लागेका कलिला टुसाहरु भाँचिन्छन, माटो खादिन्छ, पानि भित्र जान Infiltration हुन सक्तैन र Hard plate बन्दछ बिरुवालाइ जति नै मलजल गरेपनि बढ्न सक्दैन । तसर्थ छापोको प्रयोग उचित मानिन्छ ।

NARC को अनुसन्धानअनुसार छापोले 30 -40% माटोमा पर्ने क्षति कम गरेको पाईएको छ । छापो पनि एक Green manure जस्तो हो ।

हरियो मल Green manure भनेको बिरुवालाई कलिलो अवस्थामा माटोमा मिलाइ कुहाएर मलको रुपमा प्रयोग गर्नुलाई हरियो मल भनिन्छ ।

हरियो मलका लागि वनस्पति छनौट गर्दा छिटो बढ्ने, प्रशस्त पात नरम डाठ भएका छिटो कुहिने कम मेहनतमा उत्पादन हुने कोशेबालिहरु छनौट गर्नु पर्दछ ।

गाउँघरमै उपलब्ध र खेर गइरहेका सिरस, असुरो, खिर्रो, तितेपानि, सनइ, बनमारा, तारामण्डल प्रयोग गर्न सकिन्छ। जसबाट 2.4-5% नाइट्रोजन, 0.4–8% फस्फोरस र 1–4.5% पोटास प्राप्त हुन्छ।

छापोको सम्भाबनाहरु: 

छापोको रुपमा प्रयोग गनै बस्तुहरु गाउँ घरमै पाइन्छन जताततै भेटिने सुकेका झारपात देखि रुखको हांगाहरु सम्म प्रयोग गरिन्छ र
प्रयोग गर्दा खर्च धैरै हुदैन यिध low investment र छिटो छरितो सजिलो प्रबिधि हो र रुखो भुमिलाइ उर्बरा भुमिमा परिबर्तन गर्छ र
माटोको संरचनाका साथै प्राङगारीक पदार्थको धैरै फइदा लिन सकिन्छ । प्रबिधि प्रयोग गर्न बिशेषज्ञ तथा प्राबिधिकको आवश्यकता पर्दैन ।

चुनौतीहरु: 

किसानहरु अशिक्षीत छन् जसले गर्दा प्रबिधि प्रयोग गर्न हिचकिचाउं छन । नजानी नबुजी प्रयोग गर्दा धमिरा, कमिलाले नोक्सान पु¥याइ घाटा हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • माटोमा छापो किन ?
  • बैतडीमा २६ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान
  • बैतडीमा गहुँ भित्र्याउने चटारो
  • अज्ञात रोगले बैतडीमा पाँच गाई मरे
  • डोटीमा बाली उपचार शिविर सञ्चालन हुदै
  • कृषक समूह महासंघ बैतडीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
  • कृषि क्षेत्रमा १५ प्रतिशत बजेट छुट्याउनका लागि पैरवी
  • बीउ प्रवर्द्धन सहकारी संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न