Facebook Twitter Google+ Google+
DHO

भारत-पाकिस्तान युद्धमा पिता गुमाएकी गुरमेहरले लेखिन् यस्तो हृदयस्पर्शी सन्देश

Advertise Here

बिबिसी
एउटा भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्चामा आएकी भारतीय छात्रा गुरमेहर कौर फेरि मंगलबार ट्विटरमा दुई दिनअघि लेखिएको ब्लगको लिंक सेयर गरेर चर्चामा आएकी छन्।

उनले लेखेकी छन्, ‘तपाईँले मेरो बारेमा पढ्नु भएको छ, त्यही अनुरुप आफ्नो धारणा पनि बनाउनु भएको होला, अब म आफ्नो बारेमा आफ्नै शब्दमा धारणा राख्दैछु। मेरो पहिलो ब्लग जसको शीर्षक हो- ‘आइ एम’।

दिल्लीको श्रीराम कलेजमा अङ्ग्रेजी साहित्य अध्ययन गरिरहेकी कौर फेब्रुअरी २०१७ मा दिल्ली विश्वविद्यालयको रामजस कलेजमा भइरहेको विद्यार्थी संघर्षका कारण चर्चामा आएकी थिइन्।

त्यसै क्रममा उनले २२ फेब्रअरीका दिन फेसबुकमा आफ्नो प्रोफाइल फोटो बदलेकी थिइन्। जसमा उनी एउटा पोस्टरसँगै देखिन्थिन्। त्यसमा लेखिएको थियो, ‘म दिल्ली युनिभर्सिटीकी छात्रा हुँ, म एबिभिपीसँग डराउँदिनँ, म एक्ली छैन, भारतका सबै विद्यार्थी मेरो साथमा छन्।
#StudentsAgainstABVP”

यसपछि सामाजिक सञ्जालमा थुप्रै विद्यार्थीले #StudentsAgainstABVP को ह्यासट्यागसँगै यो सन्देश लेखेर आफ्नो फोटो राख्न सुरु गरेका थिए।

पछि गुरमेहरले एउटा प्लेकार्ड बोकेर उभिएको फोटो सामाजिक सञ्जालमा निकै चर्चित भयो। जसमा अङ्ग्रेजीमा लेखिएको थियो, ‘मेरा पितालाई पाकिस्तानले होइन युद्धले मारेको हो।’

उनले लेखेको ब्लगमा आफ्नो बाल्यकाल, बुवासँगको मधुरो सम्झना तथा जीवनप्रतिको दृष्टिकोणलगायतका कुराहरु समेटिएका छन्।

म को हुँ भन्ने आफ्नै प्रश्नको जवाफमा उनी लेख्छिन्- ‘म आफ्नै पिताकी छोरी हुँ, गुलगुल हुँ, म उनकी गुडिया हुँ।’

अगाडि लेख्छिन्- मेरा पिता एक सहिद हुन् तर म उनलाई यसरी चिन्दिनँ। म उनलाई कोर्गोको ठूलो ज्याकेट लगाउने र खल्ती मिठाइले भरिएको अभिभावकका रुपमा चिन्दछु।

म त्यस व्यक्तिलाई चिन्दछु जसले मेरो नाकलाई विस्तारै घुमाउँथे, म त्यस पितालाई चिन्दछु जसले मलाई स्ट्रोबाट पिउन सिकायो। जसले मलाई चुइँगम खुवायो। म त्यस व्यक्तिलाई चिन्दछु जसको काँध म जोरजोरले समात्थे ताकि उनले मलाई छोडेर नजाउन्। तर उनी मबाट टाढा गएर कहिल्यै फर्केर आएनन्।

म आदर्शवादी हुँ, एथलिट हुँ, शान्तिको पक्षधर हुँ, म आफ्नो आशाविरुद्ध उग्रता र युद्धको विरोध गर्ने दयाकी पात्र होइन। म युद्ध यस कारण चाहँदिनँ किनभने म यसको मूल्यलाई नजरअन्दाज गर्न सक्छु।

उनी भन्छिन्- ‘मेरा पिता सहिद हुन्। म उनकी छोरी हुँ तर म तपाईँको ‘सहिदकी छोरी’ होइन।’

मेरो भरोसा गर्नुस्, मलाई धेरै कुरा थाहा छ किनभने मैले सधैँ यसको मूल्य चुकाएकी छु। आज पनि चुकाउँदै छु। यसको कुनै मूल्य छैन। यदि मूल्य हुन्थ्यो भने आज केही व्यक्ति मसँग यति गुनासो गर्ने थिएनन्।

बुवा अहिले मसित छैनन्, उनी पछिल्लो १८ वर्षदेखि नै मसँग छैनन्। ६ अगस्त, १९९९ पछि मेरो सानो शब्दकोशमा केही नयाँ शब्द थपिएका छन्। ती हुन्- मृत्यु, पाकिस्तान र युद्ध।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’
  • उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दूरीका तीन क्षेप्यास्त्र
  • लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)
  • भारतको ७० औं स्वतन्त्रता दिवस : मोदी भन्छन्- ‘सुरक्षा प्रमुख प्राथमिकता’
  • भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ