Facebook Twitter Google+
DHO

बैतडीमा ३ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर

thumb

विनोद सिंह विष्ट,
बैतडी, १० वैशाख ।

बैतडीमा विद्यालय उमेर समूहका ३ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । विद्यालयको पहुँचभन्दा बाहिर रहेका ती बालबालिकालाई विद्यालय पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालय बैतडीले भर्ना अभियानलाई तीव्रता दिएको छ ।

सरकारले विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका बेला बैतडीमा विभिन्न क्षेत्रमा रहेका ३ प्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने पहल भइरहेको जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरले बताए । वैशाख १४ गतेसम्म भर्ना अभियान खुला गरेका छौ उहाँले भन्नुभयो “१५ गते देखि ३० गतेसम्म घरदैलो अभियान गर्दैछौ ।”

विद्यालय उमेर समूहका बालबालिका के कती कारणले विद्यालयको पहुँचसम्म पुग्न नसकेको भनी सम्वन्धीत श्रोत व्यक्तीवाट पत्ता लगाइने बताए ।

आर्थिक अवस्था कमजोर भई विद्यालयको पहुँचसम्म पुग्न नसकेको भए जनसंख्या शिक्षा कोषवाट सम्वन्धित विद्यालयलाई बजेट उपलब्ध गराएर बालबालिकालाई विद्यालय भर्ना गराउने, पोशाक, शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको जिल्ला शिक्षा अधिकारी टेरले बताए ।

सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ देशभर एकैसाथ सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा ३ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर
  • बैतडीमा ३० प्रतिशत पाठ्यपुस्तक अपुग
  • विद्यालय खानेपानी सरसफाई तथा स्वच्छताको परिचयात्मक कार्यक्रम सम्पन्न
  • दुई सय उन्चालिस विद्यार्थी परीक्षा दिनबाट वञ्चित
  • आजदेखि देशभर एसइई परीक्षा सुरु
  • विभागको निर्देशनअनुसार बिद्यालय व्यवस्थापन समिति गठन भएन
  • श्रीकोटका विद्यार्थीको बाध्यता : विद्यालय जान चार घण्टा हिड्नुपर्ने
  • सिटिइभिटी र प्रअको लापरवाही, कम्प्युटर इन्जिनियरिङका विद्यार्थीको भविस्यमाथि खेलवाड