Facebook Twitter Google+
DHO

बैतडीमा ३० प्रतिशत पाठ्यपुस्तक अपुग

Lack of Book

विनोद सिंह विष्ट,
बैतडी, ९ वैशाख ।

नयाँ शैक्षिक सत्र सुरु भइसक्दा समेत बैतडीमा ३० प्रतिशत पाठ्यपुस्तक अपुग भएका छन् । जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरका अनुसार मागको ७० प्रतिशत मात्र पाठ्यपुस्तक उपलब्ध भएका हुन् ।

आधारभूत तहको कक्षा १ देखि ५ सम्मका करिव सबै पाठ्पुस्तक माग अनुसार पुगको भएपनि कक्षा ६ देखि १० सम्मका ७० प्रतिशत मात्रै पाठ्यपुस्तक उपलब्ध भएका छन् । ६ देखि १० सम्मका पुरै सेट आएका छैनन उहाँले भने “बिषेश गरेर ऐच्छिक विषयका पाठ्यपुस्तक अपुग छन् ।”

यस्तै कक्षा ६ र ७ का बिज्ञान र सामाजिक विषयका पाठ्यपुस्तक पनि अपुग रहेका जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

सरकारले नि:शुल्क रुपमा उपलब्ध गराउदै आएको भएपनि समयमै विद्यार्थीको हातमा पाठ्पुस्तक नपुग्दा पठाई प्रभावित हुने गरेको छ ।

जनक शिक्षा सामग्री तथा साझा प्रकाशन छपाईमा लागि परेकाले अबको केही दिनभित्रै अपुग पाठ्यपुस्तक उपलब्ध हुने बताईएको भएपनि वैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागी मतपत्र छपाईको काम भईरहेकाले केही समय लाग्न सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा ३ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर
  • बैतडीमा ३० प्रतिशत पाठ्यपुस्तक अपुग
  • विद्यालय खानेपानी सरसफाई तथा स्वच्छताको परिचयात्मक कार्यक्रम सम्पन्न
  • दुई सय उन्चालिस विद्यार्थी परीक्षा दिनबाट वञ्चित
  • आजदेखि देशभर एसइई परीक्षा सुरु
  • विभागको निर्देशनअनुसार बिद्यालय व्यवस्थापन समिति गठन भएन
  • श्रीकोटका विद्यार्थीको बाध्यता : विद्यालय जान चार घण्टा हिड्नुपर्ने
  • सिटिइभिटी र प्रअको लापरवाही, कम्प्युटर इन्जिनियरिङका विद्यार्थीको भविस्यमाथि खेलवाड