बैतडीमा गहुँ भित्र्याउने चटारो

मा प्रकाशित


विनोद सिंह विष्ट,
बैतडी, ८ वैशाख ।

बैतडीका अधिकांश क्षेत्रका किसानहरुलाई गहुँ भित्र्याउने चटारोले भ्याई नभ्याई छ । बैतडीको दोगडाकेदार, पञ्चेश्वर,सुर्नया लगायतका क्षेत्रमा किसानहरु गहु भित्र्याउने कार्यमा ब्यस्त छन् । दोगडाकेदार गाउँपालीका ३ को श्रीकोटमा गहु भित्र्याउने कार्य अन्तीम चरणमा पुगेको श्रीकोटकी स्थानीय राजु दमाईले बताउनु भयो ।

सुर्नया गाउपालीकाको बगरक्षेत्रमा गहुँ भित्र्याइ सकिएको र लेकाली क्षेत्रमा बाकी रहेको सुर्नया ३ भौनेलीका बिन्दा भट्टले बताउनु भयो । पञ्चेश्वर ५ गिरेगडाकी बिर्मा भट्टका अनुसार गिरेगडामा भर्खर गहुँ पाक्न लागेकोले हालै मात्रै काट्न सुरु गरेको छ ।

पुर्चौडी नगरपालीका ४ भटनामा भने गहुँ काटेर आधा सिध्याइ सकेको स्थानीय गोमती भट्टले बताउनुभयो । यस्तै मेलौली १ देहिमा पनि गहुँ काटेर आधा सिध्याइएको स्थानीय राजेन्द्र पोख्रेलले बताउनुभयो । दोगडाकेदार गाउपालीका ६ सित्तडको बगर क्षेत्र पन्ज्युनयाँमा भने गहुँ भित्र्याइ सकेर मकै लगाइ सकेको सित्तड स्वास्थ्यचौकीका इञ्चार्ज नैन सिंह गोयलाले जानकारी दिनुभयो ।

यसका साथै बैतडीका अन्य बगर क्षेत्रहरुमा बर्षमा तिन खेती गरिने भएकोले गहुँ काटेर मकै लगाई सकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: