बैतडीमा एक सय अठहत्तर महिलाले प्रतिनिधित्व गर्दै

मा प्रकाशित


विनोद सिंह विष्ट,
बैतडी, २७ चैत ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बैतडीमा कम्तीमा पनि १ सय ७८ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ ।

जिल्लामा चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तहमा ८४ वडा रहेका छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वा्चित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वा्चित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने दुई महिलामा एक दलित, पिछिडिएको समुदायको र अर्काे अन्य समुदायको महिला हुनुपर्ने छ । सोअनुुसार निर्वाचनबाट ४ सय ४० जना प्रतिनिधित्व रहने निर्वाचन कार्यालय बैतडीका प्रमुख माधब फुँयालले जानकारी दिनुभयो ।

हरेक स्थानीय तहमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार उठाउनु कानुनी व्यवस्था छ । सोअनुसार गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाका प्रमुख वा उपप्रमुखमा मात्रै १० महिलाको उम्मेदवारी हुने निश्चित नै रहेको छ ।

यस्तै हरेक वडाबाट दुई–दुई महिला गरी १ सय ७८ महिलाको प्रतिनिधित्व हुने पक्का नै देखिएको छ । गाउँपालिकामा दुई र नगरपालिकामा तीन जना अल्पसङ्ख्यक, अपाङ्गता भएका, सीमान्तकृतको प्रतिनिधित्व हुने निर्वाचित हुनेछन् ।

वैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाका ८४ वडामा कम्तीमा एउटा मतदानस्थल गरी जिल्लाभरी १२० मतदान स्थल रहेका छन् । हरेक मतदानस्थलमा प्रयोग हुने मतपत्रमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उप्रमुख र आआफ्ना वडाका अध्यक्ष सहित चार सदस्य गरी सात जनालाई मतदाताले मतदान गर्न पाउने छन् ।

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र बनाएको छ । जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिसकेको छ भने बैशाख १ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएकोे छ ।

बैतडीमा स्थानीय निर्वाचनका लागी १३ दल दर्ता भएका छन् भने १ लाख २४ हजार ८२४ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: