बैतडीको पाटनमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

मा प्रकाशित


भगीरथ अवस्थी,
बैतडी, २३ चैत्र ।

बैतडीको पाटनमा यही चैत २८ र २९ गते नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

सुरक्षित मातृत्व सञ्जाल महासंघ जिल्ला शाखा बैतडीको आयोजनामा सञ्चालन हुने शिविरमा महिलाको प्रजनन तथा यौन स्वास्थ्य परीक्षण, बालरोग परीक्षण र अन्य समान्य स्वास्थ्य परीक्षण गरिनेछ ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन हुने शिविरमा नेपालगञ्ज मेडिकल कलेजबाट बिशेषज्ञहरुको टोली आउने सुरक्षित मातृत्व सञ्जाल महासंघ जिल्ला शाखा बैतडीका अध्यक्ष मान बहादुर चन्दले जानकारी दिनुभयो ।

कमजोर आर्थिक अबस्थाका कारण उपचार गर्न नसक्ने नागरिकलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

सुरक्षित मातृत्व सञ्जाल महासंघ जिल्ला शाखा बैतडीले महिला तथा बालबालिकाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको अध्यक्ष चन्दले बताउनुभयो ।

नि:शुल्क रुपमा सञ्चालन हुने शिविरमा आइ आफ्नो स्वास्थ्य परीक्षण गराउन पनि उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!