Facebook Twitter Google+ Google+
DHO

फेसबुकले नि:शुल्क भर्सन ‘वर्कप्लेस’ ल्याउँदै

Advertise Here

फेसबुकले आफ्नो व्यावसायिक प्लेटफर्म ‘वर्कप्लेस’ को फ्री भर्सन चाँडै ल्याउने भएको छ। वर्कप्लेस फेसबुकको व्यवसायिक मेसेजिङ सेवा हो। वर्कप्लेसको प्रयोग कारोबार जगतमा एक निश्चित समूहभित्र च्याट गर्न तथा फाइल सेयर गर्नको लागि हुन्छ।

फर्चुनको रिपोर्ट अनुसार, फेसबुकले पछिल्लो वर्ष वर्कप्लेसको पेड भर्सन ल्याएको थियो। र पछिल्लो हप्ता यसको फ्री भर्सनको घोषणा गरेको हो।

‘यस फ्री स्टेन्डर्ड भर्सनमा कुनै एक व्यक्तिले दोश्रो व्यक्तिसँग अथवा कुनै समूहभित्र भिडियो कलिङ, भ्वाइस कलिङको उपयोग गर्न सक्छन्। भिडियो स्ट्रिम गर्न सक्छन् र एप्पल आइ‍‍‍ओएस अथवा एन्ड्रोइड डिभाइसका माध्यमबाट कसैसँग च्याट गर्न सक्छन्।’ फर्चुनको रिपोर्टमा उल्लेख छ। -एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • यस्तो छ नेपाल टेलिकमको तिहार विशेष छुट र अफर
  • मोबाइल फोन र इन्टरनेट अत्यावश्यक सेवा!
  • इन्स्टाग्रामबाट अब सिधै फेसबुकमा पोस्ट गर्न सकिने
  • चीनको इन्टरनेट असोजभित्रै
  • दसैंको अवसरमा टेलिकमको छुट सुविधा
  • एप्पलले सार्वजनिक गर्‍यो आइफोनका तीन नयाँ मोडल, यस्ता छन् विशेषता
  • यी २ जनालाई फेसबुकमा ब्लक गर्न सकिन्न
  • डेढ करोडले चलाउँछन् इण्टरनेट