Facebook Twitter Google+
DHO

फेसबुकबाट ठगिए उजुरी गर्न सिआइबीको अनुरोध

Facebook

काठमाडौँ, ९ वैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सामाजिक संजाल फेसबुकबाट कसैले ठगेमा फोन नम्बर, मोबाइल नम्बर र इमेल ठेगानामा उजुरी गर्न सबैलाई आग्रह गरेको छ।

फेसबुकलगायतका विभिन्न सामाजिक संजालहरु मार्फत विगत केही समय यता अपरिचित व्यक्तिहरुले विभिन्न बहानामा आत्मियता बढाउँदै लगी ठग्ने काम भइरहेको ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार ठगीमा माया प्रेमको नाटक गर्ने, विदेशमा राम्रो जागिर लगाईदिने भनी प्रलोभन देखाउने, चिट्टा वा गोलाप्रथा परेको भनी सन्देश पठाउने, आफन्त तथा साथीभाइको समस्या देखाई पैसा माग्ने, सस्तो वा सहुलियत ऋणको प्रचार गर्ने, विभिन्न नेटवर्किङ व्यवसायमा आवद्ध गर्ने आदि प्रवृत्ति प्रमुख रुपमा देखिएका छन्।

प्रहरीले कोही कसैले उल्लेखित प्रलोभन देखाएमा वा कोही उपर शंका लागेमा नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान व्यूरोको फोन नम्वर ०१४४११७७६ वा ९८५१२८३१४० मा सम्पर्क गर्नुहुन वा व्यूरोको इमेल ठेगाना cib@nepalpolice.gov.np मा पठाउनसमेत सिआइबीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • फेसबुकबाट ठगिए उजुरी गर्न सिआइबीको अनुरोध
  • आउँदैछ पेट्रोल विनै चल्ने बाइक
  • दूरसञ्चारले फोन शुल्क घटायो, ‘पल्स’ अवधि लागू
  • सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै
  • शंकास्पद नम्बरको फोन नउठाउन टेलिकमको आग्रह
  • फेसबुकले नि:शुल्क भर्सन ‘वर्कप्लेस’ ल्याउँदै
  • सामसुङको ग्यालेक्सी एस-८ बजारमा, स्मार्टफोनमा हेर्ने वित्तिकै अनलक
  • कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?