Facebook Twitter Google+
DHO

पुरुष भलिबलको उपाधी रोडिदेवललाई

thumb

विनोद सिंह विष्ट,
बैतडी, २७ चैत ।

बैतडीमा जारी जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी मन्मोदय स्पोट्स क्लब, रोडिदेवलले कब्जा गरेको छ ।

दशरथचन्द नगरपालिका २ देहिमाण्डौंस्थित निङ्गलाशैनी खेल मैदानमा आईतवार सम्पन्न फाईनल भिडन्तमा दुर्गाभवानी स्पोट्स क्लव,दुुर्गाभवानी लाई ३–० को सोझो सेटमा पाखा लगाउदै रोडिदेवलले उपाधी रक्षा गरेको रेफ्री भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

बेस्ट अफ फाईबमा खेलाईएको खेलमा रोडिदेवलसंग २५–१५,२५–१७ र २५–२३ अंकले पराजित भएको दुर्गाभवानीले उप बिजेता मै चित्त बुझाउन बाध्य भएको हो ।

उपाधीसंगै रोडिदेवलले नगद २५ हजार, शील्ड र प्रमाणपत्र पुरस्कार पाएको छ भने द्वितिय भएको दुर्गाभवानीले नगद १५ हजार, शील्ड र प्रमाणपत्र पाएको छ ।

त्यस्तै तृतीय हुने शिवनाथ युथ अफ नेपालले नगद १० हजार, शील्ड र प्रमाणपत्र पुरस्कार पाएको छ ।

यसैगरी प्रतियोगिताभर उत्कृष्ठ प्रदर्शन गरेका रोडिदेवलका रबिन चन्द बेस्ट खेलाडी र अनुसासित खेलाडीमा दुर्गाभवानीका कृष्ण पाण्डेय घोषित भएका छन् ।

यस्तै बेस्ट सटरमा दुर्गाभवानीका राजेन्द्र नाथ, बेष्ट सर्भिसर रोडदेवलका गणेश चन्द र बेस्ट लिब्रो देहिमाण्डौंका दिपेन्द्र चन्द घोषित भएका छन् भने बेष्ट ब्लक्रमा दुर्गाभवानी राजेन्द्र बोहरा, बेस्ट लिफ्टर पनि दुर्गाभवानीकै राजेन्द्र पाण्डेय घोषित भएका छन् ।

प्रतियोगिताका प्रथम, द्वितिय, तृतीय र बिभिन्न बिधामा उत्कृष्ठ भएका खेलाडीलाई आयोजक निंगलाशैनी यूवाक्लबका अध्यक्ष रमेश बोहराले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने
  • दशरथचन्द स्मृती क्रिकेटः निङ्गलाशैनी क्रिकेट क्लव च्याम्पियन
  • दशरथचन्द स्मृती क्रिकेट : उपाधीका लागी निङ्गलाशैनी र योङ्ग स्टार भिड्ने
  • दशरथचन्द स्मृती क्रिकेट : कालाशैनी सेमिफाईनलमा, बठ्ठा प्रतियोगिताबाटै बाहिरियो
  • सहिद दशरथचन्द स्मृती यू-१९ क्रिकेट : त्रिलोचन र एकेडेमी विजयी
  • सहिद दशरथचन्द स्मृती यू-१९ क्रिकेट : एनसिसी सेमिफाईनल नजिक, आयोजक बाहिरियो