Facebook Twitter Google+
DHO

दूरसञ्चारले फोन शुल्क घटायो, ‘पल्स’ अवधि लागू

tel

काठमाडौँ, ३ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि नयाँ ‘पल्स’ अवधि लागू गरेपछि टेलिफोन सेवामा गाह्रकको बिल घट्ने भएको छ।

यसबाट ल्यान्डलाइनमा मोबाइलमा कुरा गर्दा कम शुल्क लाग्नेछ।

प्राधिकरणले वैशाख १ गतेदेखि लागू हुनेगरी सबै टेलिफोन कम्पनीको पल्स अवधि समान बनाउने गरी नयाँ पल्स अवधि कायम गरेको हो।

‘पल्स अवधि’ ले टेलिफोन सेवाको महसुल काट्न निर्धारण गरिने प्रति इकाई समयलाई बुझाउँछ। यसअघि पल्स अवधि धेरै हुँदा ग्राहकलाई महसुलको भार बढी परेको थियो। पल्स अवधि कम हुँदा महसुलको भार पनि कम हुन्छ।

सेवाप्रदायकका ग्राहकलाई महसुलभार कम गराउने गरी पल्स अवधि घटाइएको टेलिकमले बताएको छ। पहिलो चरणमा २०७४ वैशाख १ गतेदेखि लागु हुने गरी पिएसटिएनमा ६० सेकेन्ड, आन्तरिक मोबाइलमा १० सेकेन्ड र अन्तर्राष्ट्रिय मोबाइलमा ३० सेकेन्ड पल्स अवधि निर्धारण भएको छ।

अब २१ सेकेन्ड कुरा गरेमा ३० सेकेन्डको मात्र पैसा तिर्नुपर्नेछ।

९ सेकेन्डसम्म १० सेकेन्डकै पैसा र त्यसपछि १९ सेकेन्डसम्म २० सेकेन्डको पैसा तिर्नुपर्ने हुन्छ। ग्राहकले २१ सेकेन्ड कुरा गर्दा ४० सेकेन्डको पैसा तिर्नुपर्ने हुनाले यसअघि सेवा प्रदायकले कुरै नगरेको समयबाट पनि रकम असुलिरहेका थिए।

दोस्रो चरणमा पिएसटिएनमा कात्तिकबाट लागु हुनेगरी ६० सेकेन्ड, मोबाइलमा १ सेकेन्ड र अन्तर्राष्ट्रिय मोबाइलमा १० सेकेन्ड निर्धारण गरिएको छ। टेलिकमका अनुसार नयाँ पल्स अवधि अनुसार सबै प्रकारको मोबाइलमा प्रत्येक १० सेकेन्डको एक पल्स मानिने छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • डोटेली भाषाको विकिपिडिया निर्माण कार्य सम्पन्न
  • फेसबुकबाट ठगिए उजुरी गर्न सिआइबीको अनुरोध
  • आउँदैछ पेट्रोल विनै चल्ने बाइक
  • दूरसञ्चारले फोन शुल्क घटायो, ‘पल्स’ अवधि लागू
  • सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै
  • शंकास्पद नम्बरको फोन नउठाउन टेलिकमको आग्रह
  • फेसबुकले नि:शुल्क भर्सन ‘वर्कप्लेस’ ल्याउँदै
  • सामसुङको ग्यालेक्सी एस-८ बजारमा, स्मार्टफोनमा हेर्ने वित्तिकै अनलक