Facebook Twitter Google+ Google+
Dipawali
DHO

डोटेली भाषाको विकिपिडिया निर्माण कार्य सम्पन्न

wiki-dtyAdvertise Here

ज्ञानको भण्डार मानिने विकिपिडिया तथा इन्साइक्लोपिडियामा डोटेली भाषाको विकिपिडिया निर्माण कार्य सम्पन्न भएको छ ।

विगत २ बर्षअघि निर्माण कार्य सुरु गरिएको डोटेली विकिपिडिया परीक्षण पृष्ठ निरन्तर सम्पादन र डोटेली युवाको सहकार्यमा डोटेली विकिपिडियाको निर्माण कार्य सम्पन्न हुनुको साथै पुर्णता पाएको हो।

विकिपिडिया विश्वको सबैभन्दा ठूलो अनलाइन पुस्तकालय हो । इन्टरनेटको माध्यमबाट प्रयोग गर्न मिल्ने विकिपिडिया विश्वको जुनसुकै ठाउँमा भए पनि आफूलाई चाहेको विषयबारे सजिलै जानकारी लिन सकिन्छ । अब विश्वको जुनसुकै कुरा पनि विकिपिडियामा सर्च गर्दा डोटेली भाषामा पनि हेर्न सकिनेछ ।

आधुनिक समयमा शब्दहरूसँगै सान्दर्भिक लेखसंग्रहका रूपमा रहेको विकिपिडिया मूल अंग्रेजी भाषासँगै हाल २ सय ८८ भन्दा बढी भाषामा उपलब्ध छ । वि.स. २०५८ सालमा आर.डि.प्रसाद चटौत(प्रभास) ले बृहत डोट्याली शब्दकोष लेखेपछी डोटेली भाषाले १० फेब्रुअरी २०१२ मा अन्तर्राष्ट्रिय आइ.एस.ओ.कोड ६३९-३ [dty] प्राप्त गरेपछि एक स्वतन्त्र भाषाको दर्जा प्राप्त भएको थियो ।

अन्तर्राष्ट्रिय भाषासूचीमा डोट्याली भाषा सूचीकृत भैसके पश्चात् सन् २०१६ मा Oviedo University (स्पेन) का एकजना विद्वान् ले “डोट्याली वृहत् शब्दकोश- आर.डी.प्रभास, लाई प्रमुख आधार मानी आफ्नो Doctorate Thesis about Linguistic Variation पूरा गरेका थिए ।

नेपाली विकिपिडियाका प्रबन्धक तथा डोटेली विकिपिडियाका सम्पादक रमेश सिंह बोहराले दिएको जानकारी अनुसार ज्ञानको भण्डार मानिने इन्साइक्लोपडिया अर्थात् विकिपिडिया डोटेली भाषामा उपलब्ध गराउन २ बर्ष अगाडिदेखि सुदूरपश्चिमका युवा अग्रसर भएका थिए ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै आफ्नो मातृभाषा ‘डोटेली भाषा’ को प्रचार–प्रसार, संरक्षण र प्रवद्र्धनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ हामि जुटेका थियौं त्यो आज पूरा भएको छ बोहराले थप्दै भने जुन लक्ष्य र विश्वास थियो त्यो आज पूरा भएकोमा धेरै खुशी छौ ।

रामप्रसाद जोशी, जनकराज भट्ट, रमेश सिंह बोहरा, निराजन पन्त, खेम ठकुल्ला, सरोज उप्रेती र विप्लव आनन्दको अथक प्रयास र सम्पादन र नेपाली विकिपिडियाका सम्पादहरूको सहकार्यले डोटेली विकिपिडिया निर्माण कार्य सम्पन्न भएको हो ।

स्व.प्राध्यापक डा. जयराज पन्त र डोटेली भाषाका जानकार तथा बृहत डोट्याली शब्दकोषका निर्माणकर्ता आर.डि.प्रसाद चटौतको प्रेरणा र हौसलाले काम गर्न सजिलो भएको थियो ।

अमेरिकी नागरिकद्वय जिमी विल्स र ल्यारी स्याङद्वारा सन् २००१ जनवरीदेखि सुरु गरिएको यो वेभसाइटमा सबै भाषा मिलाएर करोडौं लेख संग्रहित छन् ।

हालै गरिएको एक सर्वेक्षणअनुसार विश्वमा सबैभन्दा बढी ब्राउज गरिने वेभसाइट मध्ये विकिपिडिया पाँचौ स्थानमा छ । हाल नेपालमा नेपाली भाषा, नेवारी भाषा, भोजपुरी भाषा, मैथिली भाषा र डोटेली भाषाको विकिपिडिया रहेका छन भने अवधी भाषाको विकिपिडिया परीक्षणको रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • इन्स्टाग्रामबाट अब सिधै फेसबुकमा पोस्ट गर्न सकिने
  • चीनको इन्टरनेट असोजभित्रै
  • दसैंको अवसरमा टेलिकमको छुट सुविधा
  • एप्पलले सार्वजनिक गर्‍यो आइफोनका तीन नयाँ मोडल, यस्ता छन् विशेषता
  • यी २ जनालाई फेसबुकमा ब्लक गर्न सकिन्न
  • डेढ करोडले चलाउँछन् इण्टरनेट
  • सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट ८, हेर्नुस् मूल्य र फिचर्स
  • बुवाको मुख हेर्ने दिन र तीज पर्वको अवसरमा टेलिकमलको विशेष अफर