Facebook Twitter Google+ Google+
DHO

‘जियालो’ महाकाव्य लोकार्पण

18009634_10208874283190104_1835847890_nAdvertise Here

काठमाडौँ, ६ वैशाख । ११ जना कविहरूको सहलेखनमा तयार पारिएको जियालो महाकाव्य सार्वजनिक भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले एक भव्य समारोहका बीच यसलाई लोकार्पण गरेका हुन्।

दाङ जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरू राप्ती साहित्य परिषद् केन्द्र , लेखक सङ्घ दाङ , प्रलेस दाङ, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, देउखुरी साहित्य तथा संस्कृति मञ्च र सिस्नुपानी नेपाल दाङ्को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भयो।

महाकाव्यकार वसन्तकुमार शर्मा नेपालदेखि बुनू लामिछानेसम्मका आधा शताब्दी उमेर अन्तरालका स्रष्टाहरूका सहकार्यमा रचित “जियालो” मा कविहरू लक्ष्मीकुमार कोइराला, डा. मधुसूदन लामिछाने बाजुराम पौडेल , गोविन्दप्रसाडद घिमिरे “वेदमणि “, गणेश घिमिरे “मार्मिक ” , डम्बर घिमिरे , खगेन्द्र खोल्साघरे , उपमा आचार्य र मुकुन्दप्रसाद शर्मा चालिसेको सहभागिता रहेको छ र प्रा.स्थानेश्वर गौतमको समीक्षकीय भूमिका लेखन यस कृतिभित्र रहेको छ।

११ जिल्लाको प्रतिनिधित्व गरेका ११ जना स्रष्टामध्येकी कान्छी सर्जक बुनू लामिछाने जन्मिएको दाङ जिल्लामा सार्वजनिक गरिएको यस महाकाव्यलाई एघारै जिल्लामा विभिन्न कार्यक्रम गरी स्वागत गरिने भएको छ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष पुरुषोत्तम खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा. गदाधर पौडेल र हरिलाल पाण्डेले कृतिमाथि प्रकाश पारेका थिए। स्रष्टाहरूका तर्फबाट बुनू लामिछाने, डम्बर घिमिरे, लक्ष्मीकुमार कोइराला, उपमा आचार्य र वसन्तकुमार शर्मा नेपालले आ-आफ्ना प्रस्तुति राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि कुलप्रसाद कोइराला, अतिथि नारायणप्रसाद शर्मा, सभापति पुरुषोत्तम खनालले आ-आफ्ना मन्तव्य राख्दा “जियालो” महाकाव्य र यस कार्यक्रमको ऐतिहासिक महत्ता प्रकट गर्दै दाङमा भएको यस कार्यक्रमले दाङबासीलाई विशेष गौरवान्वित पारेको कुरा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • उल्झनबाट अाख्यान क्षेत्रमा झुल्किए हेमप्रभास
  • दिवस, चटौत र चन्द बने ‘त्रिमूर्ति’ विजेता
  • प्रकृतिकाे काखमा रंग र कुची खेलाउँदै दक्षिण एशियाका कलाकार
  • नेपाल आइडलकी दावेदार सन्ध्या जोशी
  • साधना, चिन्तन र अनुशासनका त्रिवेणी : सङ्गीतकार तिलक पेला
  • निस्तेजको कविता : हामी बोन्साई रुखहरू
  • लघुकथा लेखनलाई गम्भीरताका साथ लिएर काम गर्ने स्रष्टाको खाँचो छ : डा. पुष्करराज भट्ट
  • हरिमायाकाे ‘कल्ली’ बजारमा