Facebook Twitter Google+ Google+
DHO

चित्रा सिंह २७ वर्षपछि फेरि गायनमा क्षेत्रमा फर्किने

chitraAdvertise Here

सुप्रसिद्ध भारतीय गजल गायक जगजित सिंहकी पत्नी तथा गायिका चित्रा सिंह २७ वर्षपछि फेरि गायन क्षेत्रमा फर्किने भएकी छिन्।

छोराको सडक दुर्घटनामा मृत्यु भएपछि जगजित र चित्राको युगल सङगीत यात्रामा सन् १९९० मा एकाएक बिराम लागेको थियो। यस घटनापछि चित्राले सधैँका लागि गाउने काम बन्द गरेकी थिइन्। सन् २००९ मा छोरीले आत्महत्या गरेपछि उनी झनै मानसिक रुपमा विक्षिप्त बनिन्।

उनी १५ अप्रिलमा काशीको संकटमोचन संगीत समारोहमा लाइभ प्रस्तुति दिने भएकी हुन्। यसै क्रममा चित्राले आफ्ना पति जगजित सिंहलाई भारत रत्न सम्मान दिलाउनको लागि माग पनि गर्नेछिन्। उनले यसअघि पूर्व प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस अध्यक्ष सोनिया गान्धीसित पनि यस्तो माग गरिसकेकी छिन्।

सन् १९६९ मा प्रणयसूत्रमा बाँधिएका उनीहरुको छोरा विवेकको जन्मसँगै युगल गायन–यात्रा अगाडि बढेको थियो। गजल सङ्गीतमा पाकिस्तानी गायकहरूको वर्चस्व रहेको समयमा आएको ‘द अन्फोर्गटेबल’ एल्बमले यो जोडीलाई त्यति बेला गजल गायनका सितारा नै बनाएको थियो। त्यसपछि पनि उनीहरुले लोकप्रिय गीत/गजलहरु गाउने काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी