Facebook Twitter Google+ Google+
DHO

कविता : खुसी घामझैं फ़ैली आओस्

17571964_10209815424636480_70093013_oAdvertise Here
  • तीर्थराज भट्ट

 

आओ नौला रविकिरण हो! पूर्वमा चम्की-चम्की

ल्याओ नौला प्रगतिरुपी सुधा मार्गमा छम्की-छम्की

आशा पाली बसेका जन धरतीमा ‘हुन्छ कि केही राम्रो’

आओ, सम्पूर्णलाई अलिकति पनि केही लिएर राम्रो

शान्ति ल्याऊ, नव वरष हे! आर्त आत्मा रमाउन देउ,
सकल जनमा आशको दीप जगाउ कालोमैलो हटाउ,

मन चहक बनोस् फष्टा‍‍ओस् आपसी प्रेमभाव
बढ्दै जाओस्, जन-जन विशे शून्य होस् वैरभाव

प्यारा प्यारीबीच मिलनको ल्याऊ संयोग राम्रो
प्रकृतिका हर पवनमा ल्याऊ संगीत राम्रो

नेपालीको शिर उँच रहोस्, पाइला प्रगतिका
पाउन् निर्बाध चढ्न सफलतम् रही हिमचुली उन्नतिका

सारा आत्मीय साथी, स्वजनहरुमा कामना पूर्णताको
जीवनगंगा सहजसँग बहोस् कामना स्वस्थताको

नेपालीका घरघर खुसी घामझैं फ़ैलिआओस्
हामी सम्पूर्णलाई नव वरषमा श्रमले सिद्धि ल्याओस्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी