Facebook Twitter Google+ Google+
DHO

आउँदैछ पेट्रोल विनै चल्ने बाइक

bike1Advertise Here

लग्जरी कार बनाउने कम्पनी पोर्सले बिना पेट्रोल चल्ने ‘सुपर बाइक’ बनाएको छ। स्पेनिस डिजाइनर माग्युल ऐन्जल बारीले यस्तो बाइकको डिजाइन गरेका छन्। उनी यसलाई सडकमा ल्याउने अन्तिम तयारी गरिरहेका छन्।

पोर्स ६१८ नाम रहेको यो बाइक ९११ टर्बो, ९१८ र ९१९ को डिजाइनमा आधारित छ। बिजुलीबाट चल्ने यो बाइक पावर क्रुजर हुनेछ। यसलाई जसरी डिजाइन गरिएको छ त्यसबारे कसैले सपनामा पनि नसोचेका हुनसक्छन्।

बिजुलीबाट चल्ने धेरै किसिमका बाइक बजारमा आएका छन्। तर यो पहिलो त्यस्तो क्रुजर बाइक हुनेछ जुन २० किलोवाट प्रति घन्टाको ब्याट्रीबाट १६० पिएसको पावर दिनेछ। यसको तौल लगभग २२० केजी अनुमान गरिएको छ। यस बाइकलाई ‘डुकाटी डियावल’ जस्तै बनाइएको छ। यसको तौल करिब २१० किलो छ र पावर १६२ पिएस छ।

पोर्सको यस लग्जरी बाइकमा ८ इन्चको टच स्क्रिन प्यानल पनि जोडिएको छ। जसले बाइकको ३० डिग्री विजनलाई कभर गर्नेछ। यसका अतिरिक्त यसमा कन्सोल एन्ड्रोयड र आइओएस स्मार्ट डिभाइसेज-फ्रेन्डली रहेको छ। यस बाइकमा जिपिएस चार्जिङ प्वाइन्ट पनि हुनेछ। यसबाट वायरलेस मोबाइल चार्ज गर्न सकिन्छ।

क्रुजर बाइक लभर्सका लागि यो कुनै सपनाजस्तै हो। यसको स्पिड, लुक्स र स्टाइल एकदम युनिक छ। मुख्य कुरा यो बाइक पेट्रोलबिनै चल्छ। यसले पेट्रोल हाल्ने झन्झटबाट मुक्ति दिनेछ। तर यसमा दुई जना भने बस्न सक्दैनन्। यसमा ड्राइभ गर्ने व्यक्तिको लागि मात्रै सिट राखिएको छ।

कम्पनीले यस बाइकलाई दुई ‘एस’ र ‘आरएस’ भर्सनमा लन्च गर्ने योजना बनाएको छ। जसको लागि डिजाइनर माग्युल ऐन्जल बारी यी दुवै बाइक बनाउने काममा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मोबाइल फोन र इन्टरनेट अत्यावश्यक सेवा!
  • इन्स्टाग्रामबाट अब सिधै फेसबुकमा पोस्ट गर्न सकिने
  • चीनको इन्टरनेट असोजभित्रै
  • दसैंको अवसरमा टेलिकमको छुट सुविधा
  • एप्पलले सार्वजनिक गर्‍यो आइफोनका तीन नयाँ मोडल, यस्ता छन् विशेषता
  • यी २ जनालाई फेसबुकमा ब्लक गर्न सकिन्न
  • डेढ करोडले चलाउँछन् इण्टरनेट
  • सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट ८, हेर्नुस् मूल्य र फिचर्स