DHO

अनियमित विद्युत कटौतीले खोप सेवा प्रभावित

Shreekot helth post

विनोद सिंह विष्ट,
बैतडी, १४ वैशाख ।

अनियमित विद्युत कटौतीले बैतडीको दोगडाकेदार ३ श्रीकोटमा रहेको स्वास्थ्य चौकीमा खोप सेवा प्रभावित हुने गरेको छ । भ्याक्सीनहरु २४ सै घण्टा चिसोमा राख्नुपर्ने भएपनि अनियमित विद्युत कटौतीले गर्दा खोप सेवा प्रभावित हुने गरेको श्रीकोट स्वास्थ्य चौकीका ईन्चार्ज बीर सिंह भाटले बताए । स्वास्थ्य चौकीमा रहेको फ्रीज पुरानो भईसकेको र त्यसैमा विद्युत अनियमित हुदा समस्या भएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयलाई नयाँ फ्रीजको लागी अनुरोध गरेको र केही समयपछी नयाँ फ्रीज आउने स्वास्थ्य चौकीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीकोे लापरवाहीका कारण श्रीकोट लगायत जिल्ला अन्य ठाँउमा पनि विद्युत अनियमित कटौती हुने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

श्रीकोट स्वास्थ्य चौकीमा सेवा लिन दोगडाकेदार गाउँपालिकाका श्रीकोट, देउलेक, न्वाली, श्रीकेदार, सुर्नया गाउँपालिको हटैराज लगायत क्षेत्रका स्थानीय बासिन्दा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)





सम्बन्धित सामग्री

  • बैतडीमा १५५ जना क्षयरोगी भेट्टिए
  • स्वास्थ्य बिमाबारे ग्रामिण क्षेत्रका नागरिक अनविज्ञ
  • श्वासबाट लसुनको वास्ना यसरी हटाउन सकिन्छ
  • स्वास्थ्य चौकीलाई जमीनदान
  • श्रीमतीको सम्झनामा स्वास्थ्य चौकीलाई जग्गादान
  • बैतडीमा ४ जनाले स्वास्थ्यबीमाको सेवा लिए
  • विशालपुर पूर्णसंस्थागत सुत्केरी गाविस घोषणा
  • पाटनका दुई वडा घरमा हुने सुत्केरी शुन्य घोषणा